Sunday, April 13, 2008

नयाँ वर्ष


नयाँ वर्ष २०६५ को हार्दिक मंगलमय शुभकामना !!

Monday, March 31, 2008

Haleakala

सपटक हवाईको Maui टापुमा पर्ने अग्लो पहाड Haleakala को शिखरबाट खिचेका केहि तस्विरहरु राख्दैछु ।

सबैभन्दा पहिले हेर्नुस यहाँको उचाई कति रहेछ ।

अनि यो पहाड( हिमाल भनौं भने सधैं हिउं हुन्न वर्षमा १ / २ पटक पर्छ ) लाई त समुन्द्रको पिंदबाट नाप्ने हो भने सगरमाथा भन्दा अग्लो हुन्छ भनेर लेखिएको रहेछ । घुम्दै गर्दा अस्ट्रेलियाबाट आएका एकजोडी पर्यटकले मलाई उनिहरुको तस्विर खिच्न आग्रह गरेका थिए त्यसैबेला तिमि कहाँबाट आएका भनेर उनिहरुले सोधे । मैले म नेपालबाट आएको हो भने पछि उनिहरुले ए तिमि त अहिले सगरमाथा भन्दा अग्लो भागमा उभिएका छौ नि थाहा छ भनेर यो बोर्ड देखाएका थिए ।

त्यांहा माथीबाट हेर्दा आकाश पनि तल देखिन्थ्यो ।

यो चांही त्यहि टुप्पोमा भएको खगोल अनुसन्धान केन्द्र रहेछ । यहाँबाट ग्रहहरुको अध्ययन गर्छन क्यार । हामीलाई त त्यहाँ जान दिएनन ।

१०,०२३ फीट उचाईबाट सिधै तल समुन्द्र यसरी देखिन्छ । बिचमा बादल हुनाले समुन्द्र हैन जस्तो लाग्ला । तस्विरलाई डबल क्लिक गरेर ठुलो बनाई हेर्नुहोस ।

यहाँको आकर्षण भनेको चैं ज्वालामुखि निस्किएको ठाउँ रहेछ ।
हेर्दा अझै तातै छ जस्तो देखिन्छ । तर यहाँ अन्तिम पटक सन १७९० मा लाभा बगेको थिएछ ।
यो चाँही यताउति आसपासमा मान्छेहरुलाई Hike गर्ने जस्तो ठाउँ ।
Hike गर्दै तल तल जाने Trail
यो क्रेटरको दृश्य

यो पनि क्रेटरकै दृश्य

लौ यो चाँही १०००० फीट उचाईमा पार्किङ ।

योहरु चाँही वरिपरीबाट देखिने बादलको मनोरम दृश्यहरु


Sunday, March 30, 2008

अरुसंग खिचेको आफ्नै तस्विरहरु ।

सामान्यतया म फोटो खिच्न मनपराउंछु , आफ्नो पनि अनि मनोरम दृश्यहरुको पनि तर कतिपय कारणहरुले गर्दा कतिपय ठाउँमा म आफ्नो फोटो खिचाउन हिच्किचाउने पनि गर्छु । कति साथीहरु संग भेटेर कति फोटो खिचाएं होला मैले तर अहिले म संग सबै फोटोहरु छैन । कति त संगै फोटो खिचाएका साथीहरुलाई बिर्सिएं पनि होला र कति साथीहरु बिर्सिंदै गईन्छ पनि होला त्यसैले यसपटक मैले बिभिन्न समयमा बिभिन्न साथीहरु संग खिचाएका फोटोहरुलाई ( म संग अहिले भएजति ) यहाँ राख्दैछु । आशा छ यसरी राखेको फोटोहरु मेरो कम्प्युटर बिग्रिए पनि फोटो अल्बम फाटे पनि केहि लामो समय सुरक्षित रहनेछ ।

२००६ को दशैंको बेला डुराङ्गोमा । तस्विरमा वांयाबाट हेमन्त भाई , म , मनोज धमला र जितेन्द्र भाई ।

ब्लगर जेफ ढुंगाना संग डुराङ्गोमै ।

तनहुँको राजेन्द्र अधिकारी दाई संग डेन्भरमा ।

बिराटनगरको मनोज धमला संग साण्टा फे(न्यु मेक्सिको )मा आधा काटिएर देखिनुहुने प्रेम दाई , वहाँकै कार्पेट पसल अगाडी खिचेको तस्विर ।

साण्टा फे कै कुनै पार्कमा सुनसरीको विष्णु चौधरी संग ।
नेहा ब्यास संग लास भेगासमा ।
राजेन्द्र अधिकारी दाई संग रकि माउण्टेन मा ।

राजेन्द्र अधिकारी दाई संग रकि माउण्टेन मा ।
डेन्भरमा । तस्विरमा मेरो दाँया राजेन्द्र अधिकारी दाई र वाँया मनोज अधिकारी भाई ।
वेष्टमिन्सटरमा Irvin संग । उ एल साल्भाडोरको थियो क्यार ।
एल साल्भाडोरकै एलिस संग ।
गौरादहकै लिला कार्की ( मेरो काका ) संग Estate Park मा ।
Estate Park मै चरा संग ।
डुराङ्गोमा ओखलढुंगाको भिम मगर दाई संग ।
मनोज धमला र प्रेम दाई संग साण्टा फे मा प्रेम दाईको पसल अगाडी ।
साण्टा फे मै तस्विर खिचाउंदै गर्दा । तस्विर खिच्दै गर्ने सोलुखुम्बुको पासाङ सेर्पा ।
कोलोराडोकै कुनै जंगल तिर लिला संग ।
लिला संग ।

लिला संग ।
कुनै समय संगै काम गर्ने बैनि जुना शर्मा संग ।
डेन्भरमा राजेन्द्र अधिकारी दाई र म एकापट्टी , अर्कोपट्टी सर्लाही तिरको रामनाथ शाह भाई । खाना खाँदै
अशोक श्रीवास्तव दाई संग एरिजोनाको कुनै जमानामा ज्वालामुखि भएको ठाउंमा ।
South west कोलोराडोमा पर्ने San Juan National forest मा hiking जाँदा । तस्विरमा वाँयाबाट भिम मगर दाई , म , टेरी र उसको गर्लफ्रेण्ड (नाम बिर्सेछु ) ।

Hiking मै उहि समय उहि अनुहारहरु ।
यस्को नाम भुलेर चौपट ।
पासाङ सेर्पा र भिम दाई संग ।
कोलोराडोकै मेसा भर्दे नेशनल पार्क घुम्न जाँदा । हेमन्त र मनोज भाई संग ।
कोलोराडोको नेदरल्याण्ड भन्ने ठाउँको हिन्दु मन्दिरमा । मनोज भाई र हेमन्त भाई संग।
अरु यस्तै तस्विरहरु अर्को पोष्टमा पछि राख्नेछु ।