Sunday, May 6, 2007

माउण्ट ईन्जिनियर चढ्दाका केहि रमाईला तस्विरहरु -

गतबर्ष जुनको ४ तारिख आईतबार अमेरिकाको कोलोराडो राज्यमा अवस्थित ईन्जिनियर हिमालको शिखरमा पुगेर मैले जीवनकै पहिलो पल्ट हिमाल चढ्ने रहर पुरा गरें । म सगरमाथाको देशमा जन्मेर हुर्केको भए पनि मैले अमेरिकामा आएर मात्र हिउँ देख्न र छुन पाएको हुँ भन्नु पर्दा लाज मर्नु नै हुन्छ । लगभ ग 13००० फीट उचाई भएको उक्त हिमाल चढन हामी जम्मा ६ जना गएका थियौँ जसमा म र पासाङ शेर्पा भन्ने साथी नेपाली थियौ । अरु अमेरिकन साथीहरुमा पल र टेरी को नाम याद छ अरु २ जनाको त नाम पनि भुलिसकेछु । पासाङ जी ले यो हिमाल र नेपालको काला पथ्थर भन्ने हिमाल उस्तै रहेछ भन्नु हुँदै थियो ।
मैले भर्खरै ब्लगस्पटमै फोटो ब्लग बनाएको हुनाले पहिले देखिका सबै फोटोहरु राख्दै जाने विचार गरेको छु ।