Sunday, November 15, 2009

टिनियान टापूका फूलहरु

निक्कै नै भयो मैले ब्लगमा केहि गतिविधी नगरी निष्कृय बसेको । यतिबेला आफ्नो मूल ब्लग, 'मेरो साहित्य संसार र विविध'मा समेत केहि लेख्न सकिरहेको छैन । लेख्नुपर्ने कुराहरु हुँदाहुँदै पनि निष्कृय रहनुपर्ने यो अवस्थाको चाँडै नै अन्त्य हुने विश्वास छ । सम्भवत अगाडी एक सातासम्म म केहि लेख्न सक्दिन । आज यता, यो फोटो ब्लगमा भने बरु केहि तस्विरहरु लिएर आएको छु । यतिबेला म नर्दन मारियाना आईल्याण्डको टिनियान टापूमा छु र त्यही टापूमा खिचेका केहि फूलहरुको तस्विरहरु पस्किंदैछु यस पोष्टमा । अन्य पनि निक्कै तस्विरहरु खिचेको छु त्यसो त र समय र साधनले साथ दिएसम्म सबै राख्ने नै छु । अहिलेलाई फूलहरुको सौंदर्य यहाँहरुलाई समर्पण गर्दछु -




























Tuesday, September 29, 2009

प्रिय मौसमको प्रिय पल

आउने सबै कुराहरु जान्छन् - यो सत्य हो । दशैं आयो भन्दैथिए सबै म दशैं गयो भन्थें नभन्दै गयो दशैं । त्यस्तै यो पतझड सिजन यतिखेर बनपाखा सबै पँहेलपुर बनाएर आएको छ तर अलास्कामा ज्यादै अल्प आयू लिएर आउने पतझड अर्को हप्ता सम्ममा लगभग जानेछ । अत दशैं उत्सव मनाईसकेर उब्रिएको समय केहि रमाईला तस्विरहरु खिच्न भनेर म निस्किएँ camera बोकेर -

पतझड मौसमलाई रोक्न सकिन्न तर तस्विरमा कैद गरेर राख्न यो तस्विरबाट सुरु गरें । छैन त सुन्दर ?

लाग्यो म स्वर्गको एक टुक्रामा उभिएको छु

कास ! यो सुन्दरतालाई सँधैको निम्ती जोगाईराख्न सके

आफ्नै धूनमा मस्त म तस्विर खिच्दै गर्दा साथीले मेरो पनि खिचेछ लौ

आफैं बोलुन क्रमश यो ३ वटा तस्विरहरु -



सूर्य लुक्दै छन् पारी डाँडामा । अब दर्शन पाउन नै मुश्किल हुन्छ सूर्य नारायणको

यो अर्को यौटा आफुलाई मन परेको तस्विर

अनौठो कल्पना खेल्ने कोठा : बादलको सिलिङ हालेको आकाशको छानो र चारैतिर पहाडको भित्ता

पत्थरमा पनि सौंदर्यको कमि कहाँ हुन्छ र?

यो पहाडको फेदैफेद छ सिवर्ड हाई वे

यो तस्विर खिचेर हेर्दा यौटा सुन्दर कविता लेख्दा जत्तिकै आनन्द लाग्यो भनेर फेसबूकमा हल्ला गरिसकेको छु ।

जाँदैछ पतझड आउँदैछ हिउँ ।

र अन्त्यमा यो ताजा हिउँ एकदुई दिन अघि मात्र परेको । अब Summer र अल्पायूको पतझड सिजन गएपछि यहि हिउँले राज गर्नेछ अलास्कामा । रुखबिरुवा , खोलानाला , बाटोघाटो , जँगल पर्वत मात्र हैन समुद्रलाई समेत हिममय बनाईदिनेछ ।

Friday, September 25, 2009

शुभकामना !

बडा दशैं २०६६ को शुभ अवसरमा यस फोटो ब्लग मार्फत सम्पुर्ण मित्रजन हरुमा मेरो हार्दिक मंगलमय शुभकामना !

साथमा यहि बडा दशैंको उपलक्ष्यमा केहि फूलहरुको सौंदर्य पस्किएको छु -



















सम्पुर्ण तस्विरहरु गत सेप्टेम्बर ७ तारिखका दिन पाल्मर, अलास्कामा भएको स्टेट फेयरमा खिचेको हुँ - जहाँ पूष्प प्रदर्शनी पनि थियो ।