Wednesday, August 26, 2009

हो त , यि पोहोर सालकै फोटोहरु हुन्

'सोचे जसरी चल्न मुश्किल भएको बखत सोचे जसरी चलाउन झन मुश्किल हुने रहेछ गाँठे !' नत्र ता मैले फोटो ब्लगलाई पनि आफुले खिचेका फोटोहरु बखत बखतमा राखेर नियमित बनाउने एक प्रकारको प्रण नै गरेको थिएँ भलै फोटोग्राफीमा मैले कहिल्यै कुनै प्रशिक्षण लिएको थिएन/छैन तर पनि सोखले फोटोहरु भने खिचिरहने गर्छु । थुप्रै फोटोहरु ब्लगमा राख्छु भन्दाभन्दै त्यसै छोडिएका छन् । उता आफुले आफ्नो ब्लगहरुको मुलघर मानेको मेरो साहित्य संसार र विविध भित्र पनि नियमित हुन चाहँदाचाहँदै त्यस्तै भैरहेको छ ।

जे होस् यसपटक मैले वर्षदिन अघि अलास्का आउँदाको पहिलो समरका बेला खिचेका केहि तस्विरहरु लिएर आएको छु । अघि बढौं सुन्दर अलास्काको यो तस्विर : हिमाल,पहाड र समुद्र(त्यो पनि आधाउधी जमेको)बाट -

आलियास्का रिसोर्ट

यो रिसोर्टको तल बाट माथी देखिएको दृश्य -

रिसोर्टको माथी टुप्पाबाट तल देखिने दृश्य -

यहाँ हाम्रो मनकामना मन्दिरमा जाने जस्तै केबुल कार पनि रहेछ ।

यहाँ चैं यस्लाई ट्राम भन्छन् -

हुनत यो निक्कै नै ठुलो हुन्छ एक पटकमा लगभग ३० भन्दा धेरै मान्छे अटाउने त्यसैलाई यस्लाई त केबुल बस पो भन्ने कि ?

यो डाँडोको टुप्पोमा भएको राउण्ड हाउस भनिने सानो संग्राहलय -

राउण्डहाउस भित्र देख्न पाइने चिजबिज मध्ये मैले यि २ मात्र खिचेछु : यो हिउँ परेका बखत यहाँका हस्की जातका कुकुरहरुलाई आफु बसेर तान्न लगाउने कुकुर रथ भनुँ ?

यो चैं अलास्काको पहरामा सुन खोज्न प्रयोग गरिने सर्दाम भनुँ -

त्यसैबेला नजिकैको यौटा सानो बन्यजन्तु आरक्षणमा पनि पुगेर फोटोहरु खिचेको थिएँ -










र अन्त्यमा जाँदा आउँदा बाटोमा खिचेका दुई तस्विरहरु -