फोटो ब्लगमा फोटोहरु नराखेको निक्कै भएछ तर फोटो खिच्ने रुचि भने अझै उस्तै नै छ म भित्र । फलस्वरुप यसपटक घर गएको बेला छोरीलाई घुमाउन जलपाईगुरी अवस्थित जल्धापाडा नेशनल पार्क गएको बेला खिचेका केहि तस्विरहरु लिएर आएको छु -
मसँग त्यसदिन:मेरी छोरी, भाञ्जा, भाञ्जी र आमा
रंग फेर्न नभ्याउँदै छेपारो
सिमलझैं देखिने(मैले यो रुख के थियो चिन्न सकिँन)रुखको फूल
कठोर कि कोमल यो अटल रुखको जीवन?
बाछोको यो अबोधपनामा संसार कति सुन्दर होला?
कैदि बाघहरु
छोरी बाख्राको पाठोसँग खेल्दै
गर्मी, पानी र बच्चाहरु
बचेराको निम्ती चारो बोक्दै धोवीचरा
टोड्को-रुखको दुख
फूलको मिठो रंग
बच्चा माउते र बच्चा हात्ती
घुमीघुमी नाचेर हामीलाई मनोरञ्जन दिने कैदि मयुर
एकजोडी सेतो फूल
नेशनल पार्कमा कैद हरिण
साँझ धर्तीमा ओर्लंदै
मदारीहाट, जलपाईगुरी स्थित आदिकवि भानुभक्तको पूर्णकदको शालिक । दार्जिलिङको चौरस्तामा अवस्थित आदिकविको शालिकको धेरै चर्चा सुनेझैं यो शालिकको मैले कहिल्यै चर्चा सुनेको थिईनं । यो भेगमा जनसंख्याको ४० प्रतिशत नेपालीहरु रहेका रहेछन् ।
जाँगर र समय मिलुञ्जेल छोरीसँग घुम्दाका अरुपनि फोटोहरु राख्दै जानेछु क्रमश.......