Friday, May 29, 2009

सिवर्ड यात्राका थप तस्विरहरु

Seward Trip मा जाँदा एँकरेज देखि Seward पुगुञ्जेलसम्म कुदिरहेको रेलबाट खिचेका केहि (निक्कै थिए) फोटोहरु अघिल्लो पोष्टमा राखिसकेको हुँ । यसपटक Seward पुगिसकेपछि क्रुजमा हल्लिँदै खिचेका केहि(यो पनि निक्कै नै छ) फोटोहरु राखेको छु । अझै निक्कै धेरै फोटोहरु छन् सबैलाई क्रमश राख्दै जाने सोचाईमा छु ।













































Wednesday, May 27, 2009

सिवर्ड यात्रा

मेमोरियल डे साँच्चै मेमोरेबल रहयो यो पाली , जान मन लागेको ठाउँमा जान मन लागेकै तरिकाले जान पाउँदा निक्कै खुशी पनि भएँ । एँकरेजदेखि सिवर्डसम्मको रेल यात्रा र सिवर्डमा ६ घण्टाको क्रुज जाँदा भोक तिर्खै बिर्सिएको थिएँ ( ट्रेनमा अनि क्रुजमा पनि टन्न खाएकोले होला ) । त्यसबेला खिचेका तस्विरहरु मध्ये यस पोष्टमा एँकरेज रेल स्टेशनमा पुगेपछि खिच्न शुरु गरेर सिवर्डमा उत्रिउञ्जेलसम्मका फोटोहरु राखेको छु । रेल यात्रा ( ५ . ३० घण्टा अवधीको ) भरी बस्नु पर्ने सिटमा नबसेर दुई वटा डब्बाको जोडिने भाग जहाँ फोटो खिच्नलाई ओपन स्पेस पनि पाइन्थ्यो र रेलले झैं आफुले पनि मन लागेको बेला धुँवा उडाउन पाईन्थ्यो , मा उभिएको थिएँ म । त्याँहा हावाले हानेर बिरामी बनाएको अझै ठिक भै सकेको छैन । आउनुस् तस्विरमा तपाईंलाई पनि सिवर्ड तिर लैजान्छु - बाटोमा के के देखिन्छ देखाउँदै ।