Sunday, March 30, 2008

अरुसंग खिचेको आफ्नै तस्विरहरु ।

सामान्यतया म फोटो खिच्न मनपराउंछु , आफ्नो पनि अनि मनोरम दृश्यहरुको पनि तर कतिपय कारणहरुले गर्दा कतिपय ठाउँमा म आफ्नो फोटो खिचाउन हिच्किचाउने पनि गर्छु । कति साथीहरु संग भेटेर कति फोटो खिचाएं होला मैले तर अहिले म संग सबै फोटोहरु छैन । कति त संगै फोटो खिचाएका साथीहरुलाई बिर्सिएं पनि होला र कति साथीहरु बिर्सिंदै गईन्छ पनि होला त्यसैले यसपटक मैले बिभिन्न समयमा बिभिन्न साथीहरु संग खिचाएका फोटोहरुलाई ( म संग अहिले भएजति ) यहाँ राख्दैछु । आशा छ यसरी राखेको फोटोहरु मेरो कम्प्युटर बिग्रिए पनि फोटो अल्बम फाटे पनि केहि लामो समय सुरक्षित रहनेछ ।

२००६ को दशैंको बेला डुराङ्गोमा । तस्विरमा वांयाबाट हेमन्त भाई , म , मनोज धमला र जितेन्द्र भाई ।

ब्लगर जेफ ढुंगाना संग डुराङ्गोमै ।

तनहुँको राजेन्द्र अधिकारी दाई संग डेन्भरमा ।

बिराटनगरको मनोज धमला संग साण्टा फे(न्यु मेक्सिको )मा आधा काटिएर देखिनुहुने प्रेम दाई , वहाँकै कार्पेट पसल अगाडी खिचेको तस्विर ।

साण्टा फे कै कुनै पार्कमा सुनसरीको विष्णु चौधरी संग ।
नेहा ब्यास संग लास भेगासमा ।
राजेन्द्र अधिकारी दाई संग रकि माउण्टेन मा ।

राजेन्द्र अधिकारी दाई संग रकि माउण्टेन मा ।
डेन्भरमा । तस्विरमा मेरो दाँया राजेन्द्र अधिकारी दाई र वाँया मनोज अधिकारी भाई ।
वेष्टमिन्सटरमा Irvin संग । उ एल साल्भाडोरको थियो क्यार ।
एल साल्भाडोरकै एलिस संग ।
गौरादहकै लिला कार्की ( मेरो काका ) संग Estate Park मा ।
Estate Park मै चरा संग ।
डुराङ्गोमा ओखलढुंगाको भिम मगर दाई संग ।
मनोज धमला र प्रेम दाई संग साण्टा फे मा प्रेम दाईको पसल अगाडी ।
साण्टा फे मै तस्विर खिचाउंदै गर्दा । तस्विर खिच्दै गर्ने सोलुखुम्बुको पासाङ सेर्पा ।
कोलोराडोकै कुनै जंगल तिर लिला संग ।
लिला संग ।

लिला संग ।
कुनै समय संगै काम गर्ने बैनि जुना शर्मा संग ।
डेन्भरमा राजेन्द्र अधिकारी दाई र म एकापट्टी , अर्कोपट्टी सर्लाही तिरको रामनाथ शाह भाई । खाना खाँदै
अशोक श्रीवास्तव दाई संग एरिजोनाको कुनै जमानामा ज्वालामुखि भएको ठाउंमा ।
South west कोलोराडोमा पर्ने San Juan National forest मा hiking जाँदा । तस्विरमा वाँयाबाट भिम मगर दाई , म , टेरी र उसको गर्लफ्रेण्ड (नाम बिर्सेछु ) ।

Hiking मै उहि समय उहि अनुहारहरु ।
यस्को नाम भुलेर चौपट ।
पासाङ सेर्पा र भिम दाई संग ।
कोलोराडोकै मेसा भर्दे नेशनल पार्क घुम्न जाँदा । हेमन्त र मनोज भाई संग ।
कोलोराडोको नेदरल्याण्ड भन्ने ठाउँको हिन्दु मन्दिरमा । मनोज भाई र हेमन्त भाई संग।
अरु यस्तै तस्विरहरु अर्को पोष्टमा पछि राख्नेछु ।

No comments: