Saturday, June 13, 2009

वरिपरीका केहि तस्विरहरु

हिँजो साँझपख ( रात नै भन्नुपर्ला त्यसो त रातीको ११ बजेतिर हो तर यो ठाउँमा राती ११.३० सम्म घाम अस्ताएकै नहुने आजभोली त्यसैले साँझ भन्देको ) क्यामेरा बोकेर बाहिर निस्केको थिएँ । समुन्द्रको किनार , जँगल (एयरपोर्टछेउ) तिर पुगेर केहि फोटोहरु खिचेको थिएँ । ति नै लिएर आएको छु तपाईंहरुलाई देखाउन ।

सबैभन्दा पहिले केहि जँगली फूलहरुको सुन्दरता हेरौं ।





घर रोपुवा ( जनावर भए पालुवा हुन्थ्यो बनस्पतिलाई रोपुवा भन्दा हुन्छ होला नि ? ) नै हो क्यारे यो चैं फूल त तर जँगल तिर फूल्दा अझैं राम्रो लाग्दो रहेछ हेर्नलाई ।


यो चैं त पक्का जँगली फूल हो है


सुन्दरता फुलेको , फक्रिएको फूलमा मात्रै कहाँ हुने हो र ? ल हेर्नुस् न यो फुलिसकेर सुकेको फूल पनि कति सुन्दर !

Moose साह्रै प्रसिद्द अलास्कामा । बाटोबाटै डुल्दै गरेको भेटिने । यसैलाई हेर्ने पनि धोको हुन्छ यहाँ घुम्न आउनेहरुको । मैले पनि बाटोमै चर्दै गरेको बच्चो Moose भेटेँ र त्यस्को केहि तस्विरहरु पनि खिचेँ ।



बाटोमै रोकिएर Moose को फोटो खिच्दै गर्दा प्लेन आयो टाउको माथी हतार त्यस्को पनि खिचिदिएँ ।




पर पर हुँदै प्लेन अदृश्य भएपछि जँगलतिर यौटा सुकेको रुखमा चिल बसेको देखेँ । बिस्तारै अघि बढ्दै त्यस्को पनि फोटो खिचेँ । मैले फोटो खिचेको थाहा पाएझैं उसलाई भने त्यै बखत बिष्ट्याउनु पर्ने ।


थप फोटो खिच्दै गर्दा थाहा पाएर उड्यो चिल पनि ।

थप यो फोटो

र यो चैं हिँजो देखिएको एँकरेज डाउनटाउन

1 comment:

Unknown said...

साह्रै राम्रो तस्बिरहरु दिपक जि। तस्बिर बाँड्नुभएको मा धन्यबाद ।।