Wednesday, September 17, 2008

समरमा अलास्काको कुनै पार्क

गत जुलाईकै कुनै एकदिन म यो रमाईलो ठाउँको आनन्द लिन पुगेको थिएँ । यो कुनै खास रमाईलो ठाउँ अर्थात प्रख्यात ठाउँ नभएर म बसेकै नजिकको यौटा पार्क हो । यहाँबाट माथी माथीसम्म हाईक गर्दै जँगली भालु हेर्न जान्छन् मान्छेहरु ।
फोटो ब्लगलाई हेला गरेझैं अलपत्रै छाडेको निक्कै भै सकेछ त्यसैले चलाउँदैछु भन्ने जनाउ दिनलाई मात्रै यि दुईफोटोहरु राखेको हुँ । यतिबेला मैले चलाईरहेको कम्प्युटरमा फोटो अपलोड गर्न अलि समस्या भैरहेकोले निक्कै फोटोहरु यो ब्लग मार्फत बाँड्न बाँकी नै छ ।




Tuesday, August 19, 2008

विश्व फोटोग्राफी दिवस आज

सन् १८३९ मा फ्रान्स सरकारले डेगोरियल र निप्पन जोसेपलाई फोटोग्राफी प्रविधि र्सार्वजनिक गर्न अनुमति दिएको खुशीयालीमा विश्वमा मनाउन थालिएको विश्व फोटोग्राफी दिवस आज १६९ औं वर्षमा प्रवेश भएछ । फोटोग्राफीमै पुर्ण रुपमा समर्पित हुनेहरुको यो पुण्य अवसरमा मैले पनि आफ्नो फोटो ब्लग सुम्सुम्याउने विचार गरें र आजबाट ब्लगको नाम परिवर्तन गरेर 'तस्विरमा जीवन र जगत' राखें । आज आफ्नो फुर्सद नभएकोले कतै तस्विर खिच्न जान सकिनं तर आफुसंग भएको क्यामरालाई पनि यसो सुम्सुम्याएर भने हेरें । जे सुकै भएपनि तस्विर खिचेर ब्लगमा हालुँ कि भन्ने नलागेको पनि हैन तर फेरी कुनै पनि पुरानै एउटा दुईटा तस्विर हाल्नुपर्यो भन्ने विचार आयो र यि तस्विरहरु राख्दैछु ।





Wednesday, August 13, 2008

माछा मार्न जाँदाका तस्विरहरु

अस्ति सोमबार ११ तारिख म बल्छि खेल्न जाँदा खिचेको केहि तस्विरहरु आज यहाँ राख्दैछु । माछा मार्न त गएँ तर यौटापनि मार्न सकिनं । पहिले यो खोलामा माछा मार्न गएका थियौं । यहाँ सिल्भर साल्मन पाईने भएपनि मैले त मार्न सकिनं ।




बरु यहाँ सि गलले पो मार्दैथिए माछा ।



त्यसपछि यो अर्को खोलामा गएका थियौं । त्याँहा थुप्रै मान्छेहरु माछा मार्दै थिए । मैले यहाँ पनि मार्न सकिनं ।








यो चाहीँ बल्छि समाएको मेरो हात । अरुलाई ऐ मेरो फोटो खिच् खिच् भन्न पनि मन् लागेन त्यसैले आफैंले बल्छि समएको हात खिचेको ।


माछा मार्न खोला तिर जाँदा खोला नजिकै भएका फाट्टफुट्ट घरको छेउमा यौटा चौरमा दुईजना बच्चाहरु खेल्दैथिए , हेर्दै नेपाली बच्चा जस्ता देखिने उनिहरु संग म केहिबेर बसेर गफ गरें मैले लगेको खाजा उनिहरु संग बाँडेर खाएं अनि उनिहरुको तस्विर पनि खिचें । दुबै बच्चाहरु साह्रै मिजासिला र गफ गर्ने खालका थिए ।


भिक्टोरिया नाम गरेकि ६ बर्षकि बच्ची ।


र यि किला नाम गरेकि ८ वर्षकि भिक्टोरियाकि दिदी ।

Friday, July 4, 2008

हवाईकै थप केहि तस्विरहरु

भोली जुलाई ५ तारिख साँझ ५ . ५५ बजे म हवाई छाड्दैछु त्यसो त माउईबाट ५ . ५५ मा हवाईयन एयरलाईन्सबाट उडेर होनोलुलु झर्नुपर्ने हुन्छ मैले र राती ९ बजेतिर त्याहाँबाट अलास्का एयरलाईन्स चढेपछि भने हवाईलाई छाड्नेछु । हवाईसंगको सामिप्यता अब म सम्झनामा पोको पारेर लाँदैछु र अलास्कासंग नयाँ सम्बन्ध जोड्न जाँदैछु । त्यसैले अहिले ब्लगमा हवाईको सम्झना थप्दैछु । आउनुहोस् हेरौं माउईबाट होनोलुलुसम्म पानी जहाजबाट यात्रा गर्दा खिचेका केहि तस्विरहरु -


















Wednesday, July 2, 2008

हवाईको सौंदर्य

वाईको सौंदर्य भन्दै हवाईका तस्विरहरु राख्ने गरेको थिएं मैले । त्यो क्रम रोकियो र ठाउं अनुशार पोष्टको शिर्षक दिन थालें तर यसपटक भने हवाईको सौंदर्य नै भनेर राखेको छु - यो अचम्म छ , आगो अझ ज्वालामुखी फुटेको कुरालाई सौंदर्यमा गनेको छु मैलेपनि यसलाई सौंदर्य भनेरै पर्यटकहरु यहाँ जाने गर्छन । यसपटक क्षेत्रफलको हिसाबमा हवाईकै सबैभन्दा ठुलो टापु BIG ISLAND, जहाँ अझै पनि सक्रिय ज्वालामुखि रहेको छ , का केहि तस्विरहरु राखेको छु । यि सबै तस्विरहरु साथी मेलिशाले दिएकि हुन ।













Saturday, May 24, 2008

ह्यापी बर्थ डे टु मी

पाईँलाई त ढाँटुला रे मैले आफैंलाई कसरी ढाँट्नु हौ ? यो तस्विर दुई वर्ष अगाडी ३० औं जन्मदिवस मनाउंदाको हो । यसपाली बत्तिसौं जन्मदिनमा केक त काटें तर यति अप्रत्यासित रुपमा भयो कि तस्विर खिच्ने मौकै परेन अत अहिले यो पुरानो तस्विर भएपनि ब्लगमा राख्दैछु म यो तस्विरमा देखिएको भन्दा २ वर्ष पुरानो भै सकें है ।



Sunday, April 13, 2008

नयाँ वर्ष


नयाँ वर्ष २०६५ को हार्दिक मंगलमय शुभकामना !!

Monday, March 31, 2008

Haleakala

सपटक हवाईको Maui टापुमा पर्ने अग्लो पहाड Haleakala को शिखरबाट खिचेका केहि तस्विरहरु राख्दैछु ।

सबैभन्दा पहिले हेर्नुस यहाँको उचाई कति रहेछ ।

अनि यो पहाड( हिमाल भनौं भने सधैं हिउं हुन्न वर्षमा १ / २ पटक पर्छ ) लाई त समुन्द्रको पिंदबाट नाप्ने हो भने सगरमाथा भन्दा अग्लो हुन्छ भनेर लेखिएको रहेछ । घुम्दै गर्दा अस्ट्रेलियाबाट आएका एकजोडी पर्यटकले मलाई उनिहरुको तस्विर खिच्न आग्रह गरेका थिए त्यसैबेला तिमि कहाँबाट आएका भनेर उनिहरुले सोधे । मैले म नेपालबाट आएको हो भने पछि उनिहरुले ए तिमि त अहिले सगरमाथा भन्दा अग्लो भागमा उभिएका छौ नि थाहा छ भनेर यो बोर्ड देखाएका थिए ।

त्यांहा माथीबाट हेर्दा आकाश पनि तल देखिन्थ्यो ।

यो चांही त्यहि टुप्पोमा भएको खगोल अनुसन्धान केन्द्र रहेछ । यहाँबाट ग्रहहरुको अध्ययन गर्छन क्यार । हामीलाई त त्यहाँ जान दिएनन ।

१०,०२३ फीट उचाईबाट सिधै तल समुन्द्र यसरी देखिन्छ । बिचमा बादल हुनाले समुन्द्र हैन जस्तो लाग्ला । तस्विरलाई डबल क्लिक गरेर ठुलो बनाई हेर्नुहोस ।

यहाँको आकर्षण भनेको चैं ज्वालामुखि निस्किएको ठाउँ रहेछ ।
हेर्दा अझै तातै छ जस्तो देखिन्छ । तर यहाँ अन्तिम पटक सन १७९० मा लाभा बगेको थिएछ ।
यो चाँही यताउति आसपासमा मान्छेहरुलाई Hike गर्ने जस्तो ठाउँ ।
Hike गर्दै तल तल जाने Trail
यो क्रेटरको दृश्य

यो पनि क्रेटरकै दृश्य

लौ यो चाँही १०००० फीट उचाईमा पार्किङ ।

योहरु चाँही वरिपरीबाट देखिने बादलको मनोरम दृश्यहरु