Monday, June 6, 2011

पानीमा देखिएको जिन्दगानी

फोटो ब्लगमा यसपटक Maui Island को किनाराबाट पानीमा देखिएको जिन्दगानी खिचेर राखेको छु । तस्वीरहरु कुनैपनि notable नहुन सक्छन् तर आफुले क्यामेरामा कैद गरिसकेपछि यौटा तस्वीरको पनि माया लाग्दोरहेछ । यस्तै त होला मोह भनेको; त्यसैले मैले कतिपय तस्वीरहरु crop गरेर मिलाएर राखेको छु । Watermark भने हतारिएर राख्ने सुरमा बाङ्गोटिङ्गो बस्न गएछ ।