Wednesday, August 13, 2008

माछा मार्न जाँदाका तस्विरहरु

अस्ति सोमबार ११ तारिख म बल्छि खेल्न जाँदा खिचेको केहि तस्विरहरु आज यहाँ राख्दैछु । माछा मार्न त गएँ तर यौटापनि मार्न सकिनं । पहिले यो खोलामा माछा मार्न गएका थियौं । यहाँ सिल्भर साल्मन पाईने भएपनि मैले त मार्न सकिनं ।




बरु यहाँ सि गलले पो मार्दैथिए माछा ।



त्यसपछि यो अर्को खोलामा गएका थियौं । त्याँहा थुप्रै मान्छेहरु माछा मार्दै थिए । मैले यहाँ पनि मार्न सकिनं ।








यो चाहीँ बल्छि समाएको मेरो हात । अरुलाई ऐ मेरो फोटो खिच् खिच् भन्न पनि मन् लागेन त्यसैले आफैंले बल्छि समएको हात खिचेको ।


माछा मार्न खोला तिर जाँदा खोला नजिकै भएका फाट्टफुट्ट घरको छेउमा यौटा चौरमा दुईजना बच्चाहरु खेल्दैथिए , हेर्दै नेपाली बच्चा जस्ता देखिने उनिहरु संग म केहिबेर बसेर गफ गरें मैले लगेको खाजा उनिहरु संग बाँडेर खाएं अनि उनिहरुको तस्विर पनि खिचें । दुबै बच्चाहरु साह्रै मिजासिला र गफ गर्ने खालका थिए ।


भिक्टोरिया नाम गरेकि ६ बर्षकि बच्ची ।


र यि किला नाम गरेकि ८ वर्षकि भिक्टोरियाकि दिदी ।

4 comments:

Aakar said...

अनि खै त माछा चाँहि ?

Aakar said...

माछा नै नमारिकन, अनि माछा मार्न जाँदा का तस्विरहरु............
hehe

Unknown said...

त्यै माछा समाउन ( बल्छिमा) नसकेर त त्यत्रो जात्रा लेखेको नि आकार जी ।

Anonymous said...

Namaste,

You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

Thanks