Wednesday, February 1, 2012

'ह्वेल वाच टुर'का केहि तस्वीरहरु

शिर्षकले नै बताउँछ त्यसो त यस फोटो ब्लगमा के हुनेछ भनेर फेरिपनि यस पोष्टको बारेमा आफ्नो केहिकुरा 

गएको सोमबार हवाईमा हिउँद मनाउन अलास्का देखि ३००० माईलको दुरी पार गरेर आउने ह्वेल माछा हेर्न जाने सल्लाह भएको थियो र एकजना साथीलाई ह्वेल वाच टुरको टिकट लिन भनेको थिएँ । साथीले टिकट लिएर बिहान ७ बजे लाहैना हार्बरमा हाजिर हुनुपर्ने जानकारी गरायो । म बसेको ठाउँबाट ४५ मिनटको ड्राईभमा पर्ने लाहैना पुगेँ समय नबिताई । जब हामी टुर क्रुजमा प्रवेश गर्न तयार भयौं तब थाहा लाग्यो कि हामी त ह्वेल वाच टुरमा नभएर स्नुर्कल टुरमा पो जान लागेका रहेछौं । टिकट फिर्ता गरेर पैसा लिने समय पनि थिएन र हामी स्नुर्कल गर्न तयार/ईच्छित पनि थिएनौं । फसादमा परिसकेका भएपनि पैसा सुलाउन त पर्ने नै भयो ।

पस्यौं क्रुजमा । लगभग ६ घन्टा समयको क्रुजमा आधा समय त स्नुर्कल गर्नेको लागी मात्रै हुने रहेछ । हामी स्नुर्कल नगर्नेलाई राम्रै पट्यार लाग्यो त्यो समय भरी । फेरि पनि आउँदा जाँदा बाटोमा व्हेल या डल्फिनहरु देखिए भने हेर्नलाई मौका चाहिँ मिल्ने रहेछ । टुरको नमज्जा माझ पनि जाँदा आउँदा देखिएका व्हेल र डल्फिनका केहि तस्वीरहरु खिचेको थिएँ मैले र तिनै तस्वीरहरु यहाँ राख्दैछु । खास गरेर ह्वेल वाचकै लागी फेरि कुनैदिन जानुपर्ने धोको राखेर यस टुरमा भने ह्वेलका पुच्छर सम्म खिचेको छु ।



















Thursday, October 13, 2011

महादेवको विराट मुर्ती

महादेव : मैले देखे सम्मको महादेवको विराट मुर्ती

किरातेश्वर स्वरुपमा महादेव

सिक्किमको नाम्ची बजार स्थित सोलोखोप भन्ने स्थानमा निर्माणाधिन रहेको शिवको यो भब्य मुर्ती यसपालीको भूकम्पले क्षति पुर्यायो कि ? आज आफ्ना पुराना तस्वीरहरु हेर्दा चिन्ता लाग्यो ।

Tuesday, August 23, 2011

त्यसै केहि फूलहरु

जहाँ जसरी होस फुलिरहेको फूलहरु देख्दा त्यसले मन लोभ्याउने गर्छ मलाई र म अनुकुल भएसम्म फूलहरुको तस्वीर खिच्ने गर्छु । गतवर्ष दार्जिलिङ पुग्दा निक्कै तस्वीरहरु मैले आफ्नो क्यामेरामा कैद गरेको थिएँ । ति नै मध्ये केहि फूलहरु यसपटक -