Monday, July 6, 2009
होमर यात्रामा देखिएको सुन्दरता
यसपाली जुलाई चारको छुट्टी मनाउन होमर गईयो । एँकरेजबाट लगभग ५ घण्टा ड्राईभमा रहेको सुन्दर बस्ती होमर जाँदा आउँदा प्रसस्तै फोटोहरु खिचेको भए पनि हामी घुम्नजानेहरुकै फोटोहरु रहेछन् धेरै जस्तो । हामीहरु नभएको केहि फोटोहरु छानेर यहाँ राखेको छु ।

Thursday, June 18, 2009
अरुको Camera बाट केहि तस्विरहरु
तरोताजा समाचारहरु पस्किएर हामीलाई भुत्तुक्कै पार्ने नेपाली भाषाको पहिलो ब्लग ( मैले त नेपाली राष्ट्रिय ब्लग भनेरै घोषणा गरेको हुँ ) माइसंसार मार्फत परिचित साथी लुनाले केहिदिन अघि ईमेल मार्फत केहि तस्विरहरु बाँड्नुभएको थियो । ति नै मध्येका केहि राम्रो लागेर ; वहाँसँग अनुमति मागेर यता ब्लगमा देखाउन ल्याएको छु । हेरौं बिभिन्न ब्लगहरुमा कमेण्ट लेखेर हामी मध्ये धेरै माझ चिनिनुहुने लुनाजीको Camera बाट केहि तस्विरहरु -

र अन्त्यमा यि तस्विरहरु पठाउनुहुने लुनाजी , वेल्जियमबाट

यस फोटो ब्लगमा तस्विरहरु राख्न अनुमति दिनुभएकोमा लुनाजीलाई सहस्र धन्यवाद !
र अन्त्यमा यि तस्विरहरु पठाउनुहुने लुनाजी , वेल्जियमबाट
यस फोटो ब्लगमा तस्विरहरु राख्न अनुमति दिनुभएकोमा लुनाजीलाई सहस्र धन्यवाद !
Saturday, June 13, 2009
वरिपरीका केहि तस्विरहरु
हिँजो साँझपख ( रात नै भन्नुपर्ला त्यसो त रातीको ११ बजेतिर हो तर यो ठाउँमा राती ११.३० सम्म घाम अस्ताएकै नहुने आजभोली त्यसैले साँझ भन्देको ) क्यामेरा बोकेर बाहिर निस्केको थिएँ । समुन्द्रको किनार , जँगल (एयरपोर्टछेउ) तिर पुगेर केहि फोटोहरु खिचेको थिएँ । ति नै लिएर आएको छु तपाईंहरुलाई देखाउन ।
सबैभन्दा पहिले केहि जँगली फूलहरुको सुन्दरता हेरौं ।

घर रोपुवा ( जनावर भए पालुवा हुन्थ्यो बनस्पतिलाई रोपुवा भन्दा हुन्छ होला नि ? ) नै हो क्यारे यो चैं फूल त तर जँगल तिर फूल्दा अझैं राम्रो लाग्दो रहेछ हेर्नलाई ।

यो चैं त पक्का जँगली फूल हो है

सुन्दरता फुलेको , फक्रिएको फूलमा मात्रै कहाँ हुने हो र ? ल हेर्नुस् न यो फुलिसकेर सुकेको फूल पनि कति सुन्दर !

Moose साह्रै प्रसिद्द अलास्कामा । बाटोबाटै डुल्दै गरेको भेटिने । यसैलाई हेर्ने पनि धोको हुन्छ यहाँ घुम्न आउनेहरुको । मैले पनि बाटोमै चर्दै गरेको बच्चो Moose भेटेँ र त्यस्को केहि तस्विरहरु पनि खिचेँ ।

बाटोमै रोकिएर Moose को फोटो खिच्दै गर्दा प्लेन आयो टाउको माथी हतार त्यस्को पनि खिचिदिएँ ।

पर पर हुँदै प्लेन अदृश्य भएपछि जँगलतिर यौटा सुकेको रुखमा चिल बसेको देखेँ । बिस्तारै अघि बढ्दै त्यस्को पनि फोटो खिचेँ । मैले फोटो खिचेको थाहा पाएझैं उसलाई भने त्यै बखत बिष्ट्याउनु पर्ने ।

थप फोटो खिच्दै गर्दा थाहा पाएर उड्यो चिल पनि ।

थप यो फोटो

र यो चैं हिँजो देखिएको एँकरेज डाउनटाउन

Subscribe to:
Posts (Atom)