Sunday, May 24, 2009

माछा त हैन निगुरो पो मारियो

पहिले लोकेशनको बारेमा गफ दि'हालौं क्यार -


ट्रामले पुर्याउने ठाउँ २,३०० फिट उचाईमा रहेको छ ।



ट्राम : माथी हिमालको टुप्पातिर जाने



अलियास्का रिसोर्ट : यसैको वरपर थियो हाम्रो गन्तब्य




गाउँमा हल्ला चल्यो लौ आज माछा मार्न जाने भनेर । नेट लिएर जाने , खोलामा नेट डुबाएर उठाउँदा थाम्नै नसक्ने गरेर माछा आउँछ भने ।
अहो ! रमाईलो पो हुने रहेछ त लौ म पनि जानु पर्यो भनेर क्यामेराको झोला बोकेर निस्किएँ । माछा मार्न जाने जति सबै भेलाहुने टुँगो गरिएको घरमा पुगेपछि थाहा भयो जाने त माछा मार्न हैन रहेछ बरु जँगलतिर निगुरो टिप्न पो रहेछ । एकछिन अचम्ममा परेँ - निगुरो टिप्न पनि पाईन्छ र यतातिर ? तर पाईंदो रहेछ नि - हामी नेपाली न पर्यौं यो अलास्काको जँगलको निगुरोले पनि शान्ती नपाउंने भयो यस्तै सोच्दै बाटो लाग्यौं । पहिले नै गै सकेको अलियास्का रिसोर्ट वरपरको हिंड्ने गोरेटोतिर पाईने रहेछ निगुरो । मैले त टिपिनँ तर सँगै गएका दिदी आमाहरुले टिप्नुभयो । पहिले पनि एकपल्ट माछा मार्न कस्सिएर गएर माछा नमारी फर्केर आएको म यो पाली चैं अरुले माछा मारेको फोटो खिच्नु पर्यो भनेर हिँडेको थिएँ त्यो पनि भएन । त्यतिमात्रै कहाँ र निस्किने बेलामा फेसबूकमा क्यामेरा बोकेर माछा मार्न हिँडेको है भनेर पनि खबर छोडिराखेर हिँडेको । खै माछा चैं कहिले मार्ने हो कुन्नि ? यो पल्टलाई निगुरो मारेको फोटोहरु खिचेँ ।
यहाँका मान्छेहरु हिंड्ने ट्रेल बाहेक अन्तबाट हिंड्यो भने त पलाउँदै गरेका बोटबिरुवा मर्छ भन्छन् । हामीले चैं अटेरी भएर नै निगुरो मार्यौं भन्नु पर्ला - मान्छेहरुले के भन्लान् भन्ने कुरी कुरी पनि लाग्यो ।
हाम्रो निगुरे टिम


ए ! आमाले त टन्नै टिप्नुभएछ


ए दिदी छिटो गर्नुस् है - मान्छेहरुले के भन्लान् ।

अब त पुग्यो आमा नटिप्नुस्


यहि मौकामा बाटोमा यौटा फूलहरुको नर्सरीमा पनि पसिएको थियो । दिदीहरुलाई सयपत्री फूल चाहिएर । त्याँहा पनि केहि फोटोहरु खिचेको थिएँ ।


अब नर्सरीका केहि मिठा तस्विरहरु -







फूलकै घडी बनाएको रहेछ यहाँ चैं । ( फोटोहरु अपलोड गर्न सजिलो र छिटो होला भनेर मिडियम साईजमा अपलोड गरेको छु - कुनै पनि फोटोलाई ठुलो पारेर हेर्न मन लागे डबल क्लिक गरेर ठुलो बनाई हेर्न सक्नुहुन्छ । )



























हिमाली

उत्सव तामाङ

Friday, May 1, 2009

आजपनि सूर्यास्त

हिँजो चित्तै नबुझेर हो आज पनि सूर्यास्त हेर्न र तस्विर खिच्न गएको । हवाईमा बस्दा सूर्यास्तका तस्विरहरु निक्कै खिचेको थिएँ । साह्रै आनन्द लाग्छ सूर्यास्तका तस्विरहरु खिच्दा त्यसैले आज फरक स्थानमा गएर सुर्यास्तको केहि तस्विरहरु खिचेर मन खुशी पारें ।

















Thursday, April 30, 2009

यताउताका तस्विरहरु

दिनदिनै दिन लम्बिईरहेको छ । केहिदिन अघिसम्म ७ बज्दा रात भैसक्ने दिन यतिबेला १० बज्दा भर्खर सूर्य अस्ताउने तरखरमा हुन्छ । यो क्रम यो समर(ग्रिष्म काल)भरी नै चल्दै जान्छ र राती नै हुन छोड्छ (?)। दिन लम्बिएको फाईदा भने रात अबेर फुर्सद पाउँदा पनि सूर्यास्त हेर्न भ्याईने रहेछ । आज मैले पनि केहि सूर्यास्तका तस्विर खिच्न भ्याएँ । साथमा बाटोमा परेको एँकरेज ईन्टरनेशनल एयरपोर्टमा खर्किएका केहि प्लेनको र एँकरेज डाउनटाउनको पनि तस्विरहरु छन् ।