Wednesday, September 17, 2008

समरमा अलास्काको कुनै पार्क

गत जुलाईकै कुनै एकदिन म यो रमाईलो ठाउँको आनन्द लिन पुगेको थिएँ । यो कुनै खास रमाईलो ठाउँ अर्थात प्रख्यात ठाउँ नभएर म बसेकै नजिकको यौटा पार्क हो । यहाँबाट माथी माथीसम्म हाईक गर्दै जँगली भालु हेर्न जान्छन् मान्छेहरु ।
फोटो ब्लगलाई हेला गरेझैं अलपत्रै छाडेको निक्कै भै सकेछ त्यसैले चलाउँदैछु भन्ने जनाउ दिनलाई मात्रै यि दुईफोटोहरु राखेको हुँ । यतिबेला मैले चलाईरहेको कम्प्युटरमा फोटो अपलोड गर्न अलि समस्या भैरहेकोले निक्कै फोटोहरु यो ब्लग मार्फत बाँड्न बाँकी नै छ ।




Tuesday, August 19, 2008

विश्व फोटोग्राफी दिवस आज

सन् १८३९ मा फ्रान्स सरकारले डेगोरियल र निप्पन जोसेपलाई फोटोग्राफी प्रविधि र्सार्वजनिक गर्न अनुमति दिएको खुशीयालीमा विश्वमा मनाउन थालिएको विश्व फोटोग्राफी दिवस आज १६९ औं वर्षमा प्रवेश भएछ । फोटोग्राफीमै पुर्ण रुपमा समर्पित हुनेहरुको यो पुण्य अवसरमा मैले पनि आफ्नो फोटो ब्लग सुम्सुम्याउने विचार गरें र आजबाट ब्लगको नाम परिवर्तन गरेर 'तस्विरमा जीवन र जगत' राखें । आज आफ्नो फुर्सद नभएकोले कतै तस्विर खिच्न जान सकिनं तर आफुसंग भएको क्यामरालाई पनि यसो सुम्सुम्याएर भने हेरें । जे सुकै भएपनि तस्विर खिचेर ब्लगमा हालुँ कि भन्ने नलागेको पनि हैन तर फेरी कुनै पनि पुरानै एउटा दुईटा तस्विर हाल्नुपर्यो भन्ने विचार आयो र यि तस्विरहरु राख्दैछु ।