
Tuesday, August 19, 2008
विश्व फोटोग्राफी दिवस आज
सन् १८३९ मा फ्रान्स सरकारले डेगोरियल र निप्पन जोसेपलाई फोटोग्राफी प्रविधि र्सार्वजनिक गर्न अनुमति दिएको खुशीयालीमा विश्वमा मनाउन थालिएको विश्व फोटोग्राफी दिवस आज १६९ औं वर्षमा प्रवेश भएछ । फोटोग्राफीमै पुर्ण रुपमा समर्पित हुनेहरुको यो पुण्य अवसरमा मैले पनि आफ्नो फोटो ब्लग सुम्सुम्याउने विचार गरें र आजबाट ब्लगको नाम परिवर्तन गरेर 'तस्विरमा जीवन र जगत' राखें । आज आफ्नो फुर्सद नभएकोले कतै तस्विर खिच्न जान सकिनं तर आफुसंग भएको क्यामरालाई पनि यसो सुम्सुम्याएर भने हेरें । जे सुकै भएपनि तस्विर खिचेर ब्लगमा हालुँ कि भन्ने नलागेको पनि हैन तर फेरी कुनै पनि पुरानै एउटा दुईटा तस्विर हाल्नुपर्यो भन्ने विचार आयो र यि तस्विरहरु राख्दैछु ।


Wednesday, August 13, 2008
माछा मार्न जाँदाका तस्विरहरु
अस्ति सोमबार ११ तारिख म बल्छि खेल्न जाँदा खिचेको केहि तस्विरहरु आज यहाँ राख्दैछु । माछा मार्न त गएँ तर यौटापनि मार्न सकिनं । पहिले यो खोलामा माछा मार्न गएका थियौं । यहाँ सिल्भर साल्मन पाईने भएपनि मैले त मार्न सकिनं ।


बरु यहाँ सि गलले पो मार्दैथिए माछा ।

त्यसपछि यो अर्को खोलामा गएका थियौं । त्याँहा थुप्रै मान्छेहरु माछा मार्दै थिए । मैले यहाँ पनि मार्न सकिनं ।




यो चाहीँ बल्छि समाएको मेरो हात । अरुलाई ऐ मेरो फोटो खिच् खिच् भन्न पनि मन् लागेन त्यसैले आफैंले बल्छि समएको हात खिचेको ।
बरु यहाँ सि गलले पो मार्दैथिए माछा ।
त्यसपछि यो अर्को खोलामा गएका थियौं । त्याँहा थुप्रै मान्छेहरु माछा मार्दै थिए । मैले यहाँ पनि मार्न सकिनं ।
यो चाहीँ बल्छि समाएको मेरो हात । अरुलाई ऐ मेरो फोटो खिच् खिच् भन्न पनि मन् लागेन त्यसैले आफैंले बल्छि समएको हात खिचेको ।
Friday, July 4, 2008
हवाईकै थप केहि तस्विरहरु
भोली जुलाई ५ तारिख साँझ ५ . ५५ बजे म हवाई छाड्दैछु त्यसो त माउईबाट ५ . ५५ मा हवाईयन एयरलाईन्सबाट उडेर होनोलुलु झर्नुपर्ने हुन्छ मैले र राती ९ बजेतिर त्याहाँबाट अलास्का एयरलाईन्स चढेपछि भने हवाईलाई छाड्नेछु । हवाईसंगको सामिप्यता अब म सम्झनामा पोको पारेर लाँदैछु र अलास्कासंग नयाँ सम्बन्ध जोड्न जाँदैछु । त्यसैले अहिले ब्लगमा हवाईको सम्झना थप्दैछु । आउनुहोस् हेरौं माउईबाट होनोलुलुसम्म पानी जहाजबाट यात्रा गर्दा खिचेका केहि तस्विरहरु -

Subscribe to:
Posts (Atom)


