Thursday, December 23, 2010

शान्ति सौंदर्य

यसपटक फोटो ब्लगमा गुम्बाहरुको सौम्य वातावरणलाई 'शान्ति सौंदर्य' नाम दिँदै समेटेको छु । यहाँ तस्वीरमा देखिएको जस्तो पवित्र स्थलहरुमा पुग्दा मलाई अनौठो शान्तिको अनुभुति हुन्छ । त्यस्तो अनुभुति नगर्ने मान्छे सायदै होलान् । एक वर्ष अगाडी खिचिएका ई सबै तस्वीरहरु सर्वत्र शान्तिको चाहना राख्नेहरुलाई समर्पण मेरो फोटो ब्लग मार्फत ।

सुरुवात स्वयंभूको दुई तस्वीरहरुबाट -


नाम्चीबजार सिक्किममा अवस्थित बुद्धको विशाल प्रतिमा सहितको 'सेङद्रोप्चे' गुम्बाका तस्वीरहरु-












दार्जेलिङमा अवस्थित महांकाल मन्दिरको तस्वीरहरु-






भुटानको फुन्चेलिङ्ग बजार स्थित गुम्बाका केहि तस्वीरहरु-











Thursday, December 16, 2010

फूलहरु मुस्कुराएको बेला

सायदै कसैलाई सोध्नु पर्ला कि 'ए तिमीलाई फूल मनपर्छ?' भनेर ।

निसंदेह फूल सबैलाई मनपर्छ तर पनि हामीलाई यो चैं फूल उस्तो मन पर्दैन अथवा यो भन्दा त्यो फूल चैं बड्ता मनपर्छ भन्ने कहिंकतै लागेको हुन्छ । त्यसैले त कतिपय अवस्थामा कविहरु फूलमा पनि रेट्ने धार देख्ने गर्छन् र फूलको धारले रेटेको कुरा गर्छन् । मलाई भने वनस्पती फूलेको र मानिस मुस्कुराएको उस्तै प्रिय लाग्छ । यहाँसम्म कि आम मानिसहरुले फूलको दर्जामै नराखेर 'बुङ्गो' नाम दिइएको केराको फूललाई पनि मैले अन्य फूलहरुसँग मिसाएर राखेको छु । तपाईंलाई केराको 'बुङ्गो' फूलहरु भित्र पर्छ जस्तो लाग्छ कि लाग्दैन भन्नुहोस् है ?

यसपटकको ब्लगमा भएका यि सबै फूलहरु सिक्किमको दराम्दिन र नाम्चीमा झण्डै एक वर्ष अगाडी पुग्दा खिचेको हुँ ।























Wednesday, December 8, 2010

केटाकेटीहरुको तस्वीर

फोटो खिच्ने रुचि त छँदैछ त्यसमा पनि मैले फूलहरुको फोटो धेरै खिच्ने गरेको रहेछु । किन हो फूलहरुको फोटो खिच्दा मलाई आनन्द लाग्छ । र त्यत्तिकै आनन्द साना केटाकेटीहरुको फोटो खिच्दा पनि लाग्ने गर्छ । यसपटकको ब्लगमा मैले केटाकेटीहरुको केहि फोटोहरु नै देखाउन ल्याएको छु । हेर्नुहोस् है त तपाईंलाई कस्तो लाग्छ ?

कुशल गौली - एँकरेज, अलास्कामा खिचेको फोटोहरु



ऋतु छञ्त्याल - एँकरेज, अलास्कामा खिचेको फोटोहरु



विपासना तामाङ - एंकरेज अलास्कामा

दीञ्जु कार्की - क्रमश दार्जीलिङ्ग सिलिगुरी र ईलाममा खिचेको फोटोहरु



हिमाली ग्लोर - एंकरेज, अलास्कामा

लक्ष्य कार्की - बागडोग्रा, पश्चिम बङ्गालमा खिचेको फोटो

उत्सव लामा - एँकरेज, अलास्कामा


उज्वल लामा - एंकरेज, अलास्कामा शैलेन्द्र राज जोशीले खिचेको फोटो

रोहित तामाङ - एंकरेज, अलास्कामा खिचेको फोटो

साहसी गोर्खालीको रोवमा देखिएका ई फुच्चेको फोटो मैले दार्जीलिङ्गको चियाबारीमा खिचेको हुँ । यिनको नाम थाहा भएन

र अन्त्यमा, अलास्कामै खिचेको यो तस्विरकि नानीको नाम पनि थाहा भएन