Monday, November 29, 2010

अमेरिकी सेनाको हवाई प्रदर्शनी

झण्डै चार महिना अगाडी अलास्काको एल्मेन्डोर्फ क्याम्पमा अमेरिकी सेनाको हवाई प्रदर्शनी हेर्न पुगेको बेला केहि तस्विरहरु खिचेको थिएं । त्यसबेलै फोटो ब्लग मार्फत ई तस्विरहरु बाँड्ने विचार पनि गरेको थिएँ तर विचार आजसम्म विचाराधिन मात्रै रहन गएको थियो । चार महिना पछि बल्ल आज भने विचारले मुर्त रुप लियो र ई तस्विरहरु ब्लगमा ठेल्दैछु-

अत्याधिक खर्चिलो मानिएको लडाकु विमान F-22, झण्डै २५० मिलियन डलर खर्च गर्दा एक पिस बन्ने रहेछ यो विमान

बडेमानको कार्गो विमान C-17 । त्यसबेला हवाई प्रदर्शनीको अभ्यास गर्दा यस्तै C17 नामको डरलाग्दो कार्गो विमान दुर्घटना भएर चारजना सेनाहरु मरेका थिए



प्रदर्शनीमा राखिएका अन्य विमानहरु





युद्ध अभ्यासको प्रदर्शन


प्रदर्शनीमा बम वर्षा


एकल हवाई कला देखाउन तयार हुँदै एक पाईलट

सेनाको हवाई कला हेर्दै दर्शकहरु

हवाई प्रदर्शनी/कलाका केहि तस्विरहरु








र अन्त्यमा ड्युटीमा गफिंदै एकजोडी


ई मध्ये केहि तस्विरहरु मैले ईकान्तिपुरलाई पठाएको थिएं तर सायद जस्कोतस्को तस्विर उनिहरु राख्दैनन् होला, राखिएन ।

Monday, November 22, 2010

धेरै पछि केहि तस्वीरहरु

लामो समय देखि ब्लगमा कुनै गतिविधी नगरी बसिरहेको मलाई अझै पनि आफ्नो मूल ब्लगमा केहि लेख्ने खुराक नै नभेटेको झैं भैरहेछ । आज यता फोटो ब्लगमा भने केहि फोटोहरु राख्ने ईच्छा भएर आयो । तसर्थ बिभिन्न समयमा खिचेका केहि फोटोहरु लिएर आएको छु । ब्लग जगतको मोहबाट टाढा भैसकेको छैन भन्ने प्रमाण हो कि त यो ?















Saturday, May 29, 2010

छोरीसँग छुट्टीमा घुम्न जाँदा

फोटो ब्लगमा फोटोहरु नराखेको निक्कै भएछ तर फोटो खिच्ने रुचि भने अझै उस्तै नै छ म भित्र । फलस्वरुप यसपटक घर गएको बेला छोरीलाई घुमाउन जलपाईगुरी अवस्थित जल्धापाडा नेशनल पार्क गएको बेला खिचेका केहि तस्विरहरु लिएर आएको छु -

मसँग त्यसदिन:मेरी छोरी, भाञ्जा, भाञ्जी र आमा

रंग फेर्न नभ्याउँदै छेपारो

सिमलझैं देखिने(मैले यो रुख के थियो चिन्न सकिँन)रुखको फूल

कठोर कि कोमल यो अटल रुखको जीवन?

बाछोको यो अबोधपनामा संसार कति सुन्दर होला?

कैदि बाघहरु




छोरी बाख्राको पाठोसँग खेल्दै

गर्मी, पानी र बच्चाहरु



बचेराको निम्ती चारो बोक्दै धोवीचरा

टोड्को-रुखको दुख

फूलको मिठो रंग

बच्चा माउते र बच्चा हात्ती


घुमीघुमी नाचेर हामीलाई मनोरञ्जन दिने कैदि मयुर


एकजोडी सेतो फूल

नेशनल पार्कमा कैद हरिण


साँझ धर्तीमा ओर्लंदै

मदारीहाट, जलपाईगुरी स्थित आदिकवि भानुभक्तको पूर्णकदको शालिक । दार्जिलिङको चौरस्तामा अवस्थित आदिकविको शालिकको धेरै चर्चा सुनेझैं यो शालिकको मैले कहिल्यै चर्चा सुनेको थिईनं । यो भेगमा जनसंख्याको ४० प्रतिशत नेपालीहरु रहेका रहेछन् ।
जाँगर र समय मिलुञ्जेल छोरीसँग घुम्दाका अरुपनि फोटोहरु राख्दै जानेछु क्रमश.......