Saturday, May 29, 2010

छोरीसँग छुट्टीमा घुम्न जाँदा

फोटो ब्लगमा फोटोहरु नराखेको निक्कै भएछ तर फोटो खिच्ने रुचि भने अझै उस्तै नै छ म भित्र । फलस्वरुप यसपटक घर गएको बेला छोरीलाई घुमाउन जलपाईगुरी अवस्थित जल्धापाडा नेशनल पार्क गएको बेला खिचेका केहि तस्विरहरु लिएर आएको छु -

मसँग त्यसदिन:मेरी छोरी, भाञ्जा, भाञ्जी र आमा

रंग फेर्न नभ्याउँदै छेपारो

सिमलझैं देखिने(मैले यो रुख के थियो चिन्न सकिँन)रुखको फूल

कठोर कि कोमल यो अटल रुखको जीवन?

बाछोको यो अबोधपनामा संसार कति सुन्दर होला?

कैदि बाघहरु




छोरी बाख्राको पाठोसँग खेल्दै

गर्मी, पानी र बच्चाहरु



बचेराको निम्ती चारो बोक्दै धोवीचरा

टोड्को-रुखको दुख

फूलको मिठो रंग

बच्चा माउते र बच्चा हात्ती


घुमीघुमी नाचेर हामीलाई मनोरञ्जन दिने कैदि मयुर


एकजोडी सेतो फूल

नेशनल पार्कमा कैद हरिण


साँझ धर्तीमा ओर्लंदै

मदारीहाट, जलपाईगुरी स्थित आदिकवि भानुभक्तको पूर्णकदको शालिक । दार्जिलिङको चौरस्तामा अवस्थित आदिकविको शालिकको धेरै चर्चा सुनेझैं यो शालिकको मैले कहिल्यै चर्चा सुनेको थिईनं । यो भेगमा जनसंख्याको ४० प्रतिशत नेपालीहरु रहेका रहेछन् ।
जाँगर र समय मिलुञ्जेल छोरीसँग घुम्दाका अरुपनि फोटोहरु राख्दै जानेछु क्रमश.......

Sunday, January 10, 2010

House of Taga, Tinian का केहि तस्वीरहरु

गत (वर्ष) नोभेम्बरमा नर्दन मारियाना आईल्याण्डस तिर गएको बेला निक्कै फोटोहरु खिचेको थिएँ मैले तिहरु मध्ये केहि पहिले नै ब्लग(फोटो)मा राखिसकेको छु र निक्कै नै राख्न बाँकी छन् । यसपटक पनि ति नै मध्ये टिनियान टापूको टागा हाउस भनिने स्थानका केहि र सुर्यास्तका केहि तस्वीरहरु राख्दैछु ।












टागा हाउस वरपरका अन्य केहि तस्विरहरु -









सुर्यास्त हुन लागेको समयका केहि मनमोहक तस्विरहरु -





Thursday, January 7, 2010

बनावटी फूलहरु

फूलहरु मन नपराउने मान्छे मैले भेटेको छैन । सबैले नै मन पराउंछन तर फूल नै पनि बनावटी छ भने त्यसलाई कमैले मन पराउंछन । मलाई नै पनि कागज वा प्लाष्टिकका फूलहरु मनपर्दैनन् । तिनिहरुमा सुन्दरता भएर पनि त्यो कृतिम सुन्दरता हो भन्ने ज्ञात भएर होला बनावटी फूलहरु मन नपरेको । तर हिँजो प्लाष्टिककै फूलहरुको फोटो खिचेको थिएँ । फोटोमा भने मलाई ति फूलहरु मनपरे । अब यसलाई फोटो मनपरेको भन्ने कि फूल ? जे होस त्यही फूलहरु आज यहाँ बाँड्न ल्याएको छु ।