Sunday, January 3, 2010

पहिले नै खिचिएका केहि तस्वीरहरु

केहि पहिले नै खिचेका केहि तस्वीरहरु यसपटक फोटो ब्लगमा लिएर आएको छु । खासमा New Year को फोटो ब्लग राख्ने योजना भुसुक्क भएपछि त्यसको शट्टा योजनामा केहिदिन पछि नै भएपनि यो पोष्ट आएको हो । त्यसैले सन २०१० वर्षभरीको मंगलमय शुभकामना !!

बुद्धको आकाश शान्ती - बोन्जाई क्लिफ, साईपनमा

सन्ततीको निमित्त संघर्ष - टिनियान टापूमा

खान नमिल्ने फल लागेको जंगली बुटो - अलास्कामा

शिरिष फुलिसकेपछि - टिनियान टापूमा

एक साँझ - अलास्कामा

A mirror of nature - अलास्कामा

A view of Taga Beach - टिनियान टापूमा

समुद्री किनारमा रात ओर्लंदै - अलास्कामा

साँझसम्म कुराएर प्रेमिका नआउँदा A lover - अलास्कामा

हे भक्तजन!हामी केरा खाँदैनौं - एंकरेजको हिन्दु मन्दिरमा

खुसीहरु केहि झर्दैछन्, केहि फुलेका छन्, केहि फूल्दैछन् - टिनियान टापूमा

बग्नु, बगीरहनु झरनाको नियति - अलास्कामा

प्रसव वेदनापछि केराको बोट - टिनियान टापूमा

रमाउनलाई मलाई हेरे काफि छ: पहाडी खोला - अलास्कामा

यौटा रमाईलो साँझ - टिनियान टापूमा

The beauty of blow hole - टिनियान टापूमा

तीन अलग पदार्थहरुको एकै लय : चट्टान , समुद्री छाल र बादल - टिनियान टापूमा

मैले देखेको सबैभन्दा ठुलो फर्सी : तौल लेखिएको छ - पाल्मार अलास्कामा

समुद्री किनारको जंगल - Chullu Beach टिनियान टापू

बाल उमङ्ग - अलास्कामा(तस्विरमा कुशल गौली)

स्विमिङ पूल Dynasty Hotel - टिनियान टापूमा

कला केमा हुँदैन? खाना पकाउँदा भाँडाभित्र व्हिप क्रिममा हटसस मिसाउँदा

कोहि निकालिदेउ मलाई यो स्ट्रोलरबाट - मिररलेक picnic पार्टीमा(तस्विरमा विपासना तामाङ)

म देख्दिंन/बोल्दिनं आनन्दै छ - फ्लागिस्टाफ एरिजोनामा

उभिन त सक्छु नि तर सहारा भने चाहिन्छ - तस्विरमा ऋतु छन्त्याल/होमर अलास्कामा

Wonderful time! - तस्विरमा सलिना छन्त्याल/होमर अलास्कामा

"छुट्टिन्छ है छाँया वस्तु अन्सार..." हैन रहेछ, छाँया त समय अन्सार पो हुँदो रहेछ । मेरो आफ्नै छाँया

खानेकुराको खोजीमा - अलास्कामा

रमाईलो छैन र? - साईपन टापूमा

कायाक गर्दाको थकाई मार्ने छाप्रो - साईपन टापूमा

टनलभित्र पस्दै यात्रुबाहक रेल - अलास्कामा

टनलबाट निस्कंदै उहि रेल - अलास्कामै

हिल्टन होटल - एंकरेज डाउनटाउनमा

सूर्यास्त : अलास्कामा

Sunday, November 15, 2009

टिनियान टापूका फूलहरु

निक्कै नै भयो मैले ब्लगमा केहि गतिविधी नगरी निष्कृय बसेको । यतिबेला आफ्नो मूल ब्लग, 'मेरो साहित्य संसार र विविध'मा समेत केहि लेख्न सकिरहेको छैन । लेख्नुपर्ने कुराहरु हुँदाहुँदै पनि निष्कृय रहनुपर्ने यो अवस्थाको चाँडै नै अन्त्य हुने विश्वास छ । सम्भवत अगाडी एक सातासम्म म केहि लेख्न सक्दिन । आज यता, यो फोटो ब्लगमा भने बरु केहि तस्विरहरु लिएर आएको छु । यतिबेला म नर्दन मारियाना आईल्याण्डको टिनियान टापूमा छु र त्यही टापूमा खिचेका केहि फूलहरुको तस्विरहरु पस्किंदैछु यस पोष्टमा । अन्य पनि निक्कै तस्विरहरु खिचेको छु त्यसो त र समय र साधनले साथ दिएसम्म सबै राख्ने नै छु । अहिलेलाई फूलहरुको सौंदर्य यहाँहरुलाई समर्पण गर्दछु -