
गत जुलाई १२ मा रहेछ Hatcher Pass घुम्न गएको , घुम्न के हिंड्न भनुँ न । Hatcher Pass अलास्काको यौटा रमणीय ठाउँ मानिन्छ । यहाँको रमणीयता हेर्न साथै Gold Mining हेर्न आउने गर्छन् प्रसस्तै मान्छेहरु ।
त्यो पारीपट्टी देखिएका स-साना झुप्रे घरमा सुन केलाउने काम गरिन्छ । प्रसोधन पनि हुन्छ कि त्यो चैं हेर्न नगै भन्न सकिन्न -

तर आफु भने सुन चाँदी र ढुङ्गा माटो उस्तै देख्ने मान्छे परियो त्यसैले 'Gold Mining पछि हेरौला आज यो रमाईलो दिनमा भने पाखा पखेराको मजा लुटौं ,कतै कविता भेटीहालिन्छ कि ?' भन्ने टुङ्गो गरियो र लागियो भीर पाखातिर । साथमा थिए भाइहरु हर्क(सेतो शर्ट) र सुदेश(कालो ज्याकेट) -

हो मलाई यो हिमनदीको पानी जस्तै कञ्चन कविता चाहिएको छ -

म साँच्चै कविता खोज्ने धूनमै थिएँ त त्यसदिन ? 'कतै यो ढुङ्गाको चेपमा त छैन कविता ?'-

कि यो मखमली गलैंचा बिच्छ्याए जस्तो भुईंमा छ हँ कविता ? -

मैलेमात्र हैन साथै गएका भाइहरुले पनि कुनाकानी खोज्न सघाए कविता -

के मात्र गरिएन ? दिउँसै आगो बालेर पनि खोजियो कविता -

आफु खाली खुट्टा कविता खोज्न गा'बेला चप्पल आनन्द सुतेछ यो फूल बिच्छ्याएको गलैंचा जस्तो भुईँमा -

कसैगरे कविता नभेटे'सी मुख धोएर ज्ञान लिन मन लाग्यो -

'म त जान्न हौ आज घर पनि , यतै बस्छु' भनेझैं छ सुदेश भाइ -

कविता खोज्दा 'पहाड खनेर मुसो निक्लियो' भन्ने हिन्दीको उखानझैं यौटा मुसो पनि निस्किएको थियो -

बरु त यि दुई बनफूलहरुले पो सुनाए कविता यसरी -

दश मुजा पारेर अनुहारमा
कविता खोज्ने ए मान्छे तिमी
भन्लाउ म कविताकै खोजीमा बाँचेको छु ।
ल हेर यहाँ बरु मलाई
पछिल्तिर भयानक मृत्युगुफा राखेर
खित्खिताईकन म भीर पखेरा हाँसेको छु ।।