Friday, September 11, 2009

ह्याचर पासमा कविता खोज्दा


गत जुलाई १२ मा रहेछ Hatcher Pass घुम्न गएको , घुम्न के हिंड्न भनुँ न । Hatcher Pass अलास्काको यौटा रमणीय ठाउँ मानिन्छ । यहाँको रमणीयता हेर्न साथै Gold Mining हेर्न आउने गर्छन् प्रसस्तै मान्छेहरु ।

त्यो पारीपट्टी देखिएका स-साना झुप्रे घरमा सुन केलाउने काम गरिन्छ । प्रसोधन पनि हुन्छ कि त्यो चैं हेर्न नगै भन्न सकिन्न -

तर आफु भने सुन चाँदी र ढुङ्गा माटो उस्तै देख्ने मान्छे परियो त्यसैले 'Gold Mining पछि हेरौला आज यो रमाईलो दिनमा भने पाखा पखेराको मजा लुटौं ,कतै कविता भेटीहालिन्छ कि ?' भन्ने टुङ्गो गरियो र लागियो भीर पाखातिर । साथमा थिए भाइहरु हर्क(सेतो शर्ट) र सुदेश(कालो ज्याकेट) -

हो मलाई यो हिमनदीको पानी जस्तै कञ्चन कविता चाहिएको छ -

म साँच्चै कविता खोज्ने धूनमै थिएँ त त्यसदिन ? 'कतै यो ढुङ्गाको चेपमा त छैन कविता ?'-

कि यो मखमली गलैंचा बिच्छ्याए जस्तो भुईंमा छ हँ कविता ? -

मैलेमात्र हैन साथै गएका भाइहरुले पनि कुनाकानी खोज्न सघाए कविता -

के मात्र गरिएन ? दिउँसै आगो बालेर पनि खोजियो कविता -

आफु खाली खुट्टा कविता खोज्न गा'बेला चप्पल आनन्द सुतेछ यो फूल बिच्छ्याएको गलैंचा जस्तो भुईँमा -

कसैगरे कविता नभेटे'सी मुख धोएर ज्ञान लिन मन लाग्यो -

'म त जान्न हौ आज घर पनि , यतै बस्छु' भनेझैं छ सुदेश भाइ -

कविता खोज्दा 'पहाड खनेर मुसो निक्लियो' भन्ने हिन्दीको उखानझैं यौटा मुसो पनि निस्किएको थियो -

बरु त यि दुई बनफूलहरुले पो सुनाए कविता यसरी -

दश मुजा पारेर अनुहारमा
कविता खोज्ने ए मान्छे तिमी

भन्लाउ म कविताकै खोजीमा बाँचेको छु ।
ल हेर यहाँ बरु मलाई

पछिल्तिर भयानक मृत्युगुफा राखेर

खित्खिताईकन
भीर पखेरा हाँसेको छु ।

Wednesday, August 26, 2009

हो त , यि पोहोर सालकै फोटोहरु हुन्

'सोचे जसरी चल्न मुश्किल भएको बखत सोचे जसरी चलाउन झन मुश्किल हुने रहेछ गाँठे !' नत्र ता मैले फोटो ब्लगलाई पनि आफुले खिचेका फोटोहरु बखत बखतमा राखेर नियमित बनाउने एक प्रकारको प्रण नै गरेको थिएँ भलै फोटोग्राफीमा मैले कहिल्यै कुनै प्रशिक्षण लिएको थिएन/छैन तर पनि सोखले फोटोहरु भने खिचिरहने गर्छु । थुप्रै फोटोहरु ब्लगमा राख्छु भन्दाभन्दै त्यसै छोडिएका छन् । उता आफुले आफ्नो ब्लगहरुको मुलघर मानेको मेरो साहित्य संसार र विविध भित्र पनि नियमित हुन चाहँदाचाहँदै त्यस्तै भैरहेको छ ।

जे होस् यसपटक मैले वर्षदिन अघि अलास्का आउँदाको पहिलो समरका बेला खिचेका केहि तस्विरहरु लिएर आएको छु । अघि बढौं सुन्दर अलास्काको यो तस्विर : हिमाल,पहाड र समुद्र(त्यो पनि आधाउधी जमेको)बाट -

आलियास्का रिसोर्ट

यो रिसोर्टको तल बाट माथी देखिएको दृश्य -

रिसोर्टको माथी टुप्पाबाट तल देखिने दृश्य -

यहाँ हाम्रो मनकामना मन्दिरमा जाने जस्तै केबुल कार पनि रहेछ ।

यहाँ चैं यस्लाई ट्राम भन्छन् -

हुनत यो निक्कै नै ठुलो हुन्छ एक पटकमा लगभग ३० भन्दा धेरै मान्छे अटाउने त्यसैलाई यस्लाई त केबुल बस पो भन्ने कि ?

यो डाँडोको टुप्पोमा भएको राउण्ड हाउस भनिने सानो संग्राहलय -

राउण्डहाउस भित्र देख्न पाइने चिजबिज मध्ये मैले यि २ मात्र खिचेछु : यो हिउँ परेका बखत यहाँका हस्की जातका कुकुरहरुलाई आफु बसेर तान्न लगाउने कुकुर रथ भनुँ ?

यो चैं अलास्काको पहरामा सुन खोज्न प्रयोग गरिने सर्दाम भनुँ -

त्यसैबेला नजिकैको यौटा सानो बन्यजन्तु आरक्षणमा पनि पुगेर फोटोहरु खिचेको थिएँ -










र अन्त्यमा जाँदा आउँदा बाटोमा खिचेका दुई तस्विरहरु -

Monday, July 6, 2009

होमर यात्रामा देखिएको सुन्दरता

यसपाली जुलाई चारको छुट्टी मनाउन होमर गईयो । एँकरेजबाट लगभग ५ घण्टा ड्राईभमा रहेको सुन्दर बस्ती होमर जाँदा आउँदा प्रसस्तै फोटोहरु खिचेको भए पनि हामी घुम्नजानेहरुकै फोटोहरु रहेछन् धेरै जस्तो । हामीहरु नभएको केहि फोटोहरु छानेर यहाँ राखेको छु ।