गत जुलाईकै कुनै एकदिन म यो रमाईलो ठाउँको आनन्द लिन पुगेको थिएँ । यो कुनै खास रमाईलो ठाउँ अर्थात प्रख्यात ठाउँ नभएर म बसेकै नजिकको यौटा पार्क हो । यहाँबाट माथी माथीसम्म हाईक गर्दै जँगली भालु हेर्न जान्छन् मान्छेहरु ।
फोटो ब्लगलाई हेला गरेझैं अलपत्रै छाडेको निक्कै भै सकेछ त्यसैले चलाउँदैछु भन्ने जनाउ दिनलाई मात्रै यि दुईफोटोहरु राखेको हुँ । यतिबेला मैले चलाईरहेको कम्प्युटरमा फोटो अपलोड गर्न अलि समस्या भैरहेकोले निक्कै फोटोहरु यो ब्लग मार्फत बाँड्न बाँकी नै छ ।
Wednesday, September 17, 2008
Tuesday, August 19, 2008
विश्व फोटोग्राफी दिवस आज
सन् १८३९ मा फ्रान्स सरकारले डेगोरियल र निप्पन जोसेपलाई फोटोग्राफी प्रविधि र्सार्वजनिक गर्न अनुमति दिएको खुशीयालीमा विश्वमा मनाउन थालिएको विश्व फोटोग्राफी दिवस आज १६९ औं वर्षमा प्रवेश भएछ । फोटोग्राफीमै पुर्ण रुपमा समर्पित हुनेहरुको यो पुण्य अवसरमा मैले पनि आफ्नो फोटो ब्लग सुम्सुम्याउने विचार गरें र आजबाट ब्लगको नाम परिवर्तन गरेर 'तस्विरमा जीवन र जगत' राखें । आज आफ्नो फुर्सद नभएकोले कतै तस्विर खिच्न जान सकिनं तर आफुसंग भएको क्यामरालाई पनि यसो सुम्सुम्याएर भने हेरें । जे सुकै भएपनि तस्विर खिचेर ब्लगमा हालुँ कि भन्ने नलागेको पनि हैन तर फेरी कुनै पनि पुरानै एउटा दुईटा तस्विर हाल्नुपर्यो भन्ने विचार आयो र यि तस्विरहरु राख्दैछु ।
Wednesday, August 13, 2008
माछा मार्न जाँदाका तस्विरहरु
अस्ति सोमबार ११ तारिख म बल्छि खेल्न जाँदा खिचेको केहि तस्विरहरु आज यहाँ राख्दैछु । माछा मार्न त गएँ तर यौटापनि मार्न सकिनं । पहिले यो खोलामा माछा मार्न गएका थियौं । यहाँ सिल्भर साल्मन पाईने भएपनि मैले त मार्न सकिनं ।
बरु यहाँ सि गलले पो मार्दैथिए माछा ।
त्यसपछि यो अर्को खोलामा गएका थियौं । त्याँहा थुप्रै मान्छेहरु माछा मार्दै थिए । मैले यहाँ पनि मार्न सकिनं ।
यो चाहीँ बल्छि समाएको मेरो हात । अरुलाई ऐ मेरो फोटो खिच् खिच् भन्न पनि मन् लागेन त्यसैले आफैंले बल्छि समएको हात खिचेको ।

Friday, July 4, 2008
हवाईकै थप केहि तस्विरहरु
भोली जुलाई ५ तारिख साँझ ५ . ५५ बजे म हवाई छाड्दैछु त्यसो त माउईबाट ५ . ५५ मा हवाईयन एयरलाईन्सबाट उडेर होनोलुलु झर्नुपर्ने हुन्छ मैले र राती ९ बजेतिर त्याहाँबाट अलास्का एयरलाईन्स चढेपछि भने हवाईलाई छाड्नेछु । हवाईसंगको सामिप्यता अब म सम्झनामा पोको पारेर लाँदैछु र अलास्कासंग नयाँ सम्बन्ध जोड्न जाँदैछु । त्यसैले अहिले ब्लगमा हवाईको सम्झना थप्दैछु । आउनुहोस् हेरौं माउईबाट होनोलुलुसम्म पानी जहाजबाट यात्रा गर्दा खिचेका केहि तस्विरहरु -
Wednesday, July 2, 2008
हवाईको सौंदर्य
हवाईको सौंदर्य भन्दै हवाईका तस्विरहरु राख्ने गरेको थिएं मैले । त्यो क्रम रोकियो र ठाउं अनुशार पोष्टको शिर्षक दिन थालें तर यसपटक भने हवाईको सौंदर्य नै भनेर राखेको छु - यो अचम्म छ , आगो अझ ज्वालामुखी फुटेको कुरालाई सौंदर्यमा गनेको छु मैलेपनि यसलाई सौंदर्य भनेरै पर्यटकहरु यहाँ जाने गर्छन । यसपटक क्षेत्रफलको हिसाबमा हवाईकै सबैभन्दा ठुलो टापु BIG ISLAND, जहाँ अझै पनि सक्रिय ज्वालामुखि रहेको छ , का केहि तस्विरहरु राखेको छु । यि सबै तस्विरहरु साथी मेलिशाले दिएकि हुन ।
Saturday, May 24, 2008
ह्यापी बर्थ डे टु मी
तपाईँलाई त ढाँटुला रे मैले आफैंलाई कसरी ढाँट्नु हौ ? यो तस्विर दुई वर्ष अगाडी ३० औं जन्मदिवस मनाउंदाको हो । यसपाली बत्तिसौं जन्मदिनमा केक त काटें तर यति अप्रत्यासित रुपमा भयो कि तस्विर खिच्ने मौकै परेन अत अहिले यो पुरानो तस्विर भएपनि ब्लगमा राख्दैछु म यो तस्विरमा देखिएको भन्दा २ वर्ष पुरानो भै सकें है ।
Sunday, April 13, 2008
Monday, March 31, 2008
Haleakala
यसपटक हवाईको Maui टापुमा पर्ने अग्लो पहाड Haleakala को शिखरबाट खिचेका केहि तस्विरहरु राख्दैछु ।
सबैभन्दा पहिले हेर्नुस यहाँको उचाई कति रहेछ ।
अनि यो पहाड( हिमाल भनौं भने सधैं हिउं हुन्न वर्षमा १ / २ पटक पर्छ ) लाई त समुन्द्रको पिंदबाट नाप्ने हो भने सगरमाथा भन्दा अग्लो हुन्छ भनेर लेखिएको रहेछ । घुम्दै गर्दा अस्ट्रेलियाबाट आएका एकजोडी पर्यटकले मलाई उनिहरुको तस्विर खिच्न आग्रह गरेका थिए त्यसैबेला तिमि कहाँबाट आएका भनेर उनिहरुले सोधे । मैले म नेपालबाट आएको हो भने पछि उनिहरुले ए तिमि त अहिले सगरमाथा भन्दा अग्लो भागमा उभिएका छौ नि थाहा छ भनेर यो बोर्ड देखाएका थिए ।
त्यांहा माथीबाट हेर्दा आकाश पनि तल देखिन्थ्यो ।
यो चांही त्यहि टुप्पोमा भएको खगोल अनुसन्धान केन्द्र रहेछ । यहाँबाट ग्रहहरुको अध्ययन गर्छन क्यार । हामीलाई त त्यहाँ जान दिएनन ।
१०,०२३ फीट उचाईबाट सिधै तल समुन्द्र यसरी देखिन्छ । बिचमा बादल हुनाले समुन्द्र हैन जस्तो लाग्ला । तस्विरलाई डबल क्लिक गरेर ठुलो बनाई हेर्नुहोस ।

Subscribe to:
Posts (Atom)