झन्डै विर्षिएको आफ्नै फोटो ब्लग आज झुक्किएर खोलेछु । समेट्न नसक्ने कस्तो रहरले सुरु गरेको थिएँ हुँला मैले यो फोटो ब्लग ? नियमित हुन सक्छु सक्दिंन तर आज केहि फोटोहरु थप्न मन लाग्यो । फोटोका कथाहरु फोटो आफैंले भनोस् । मैले खाली राखें मात्र । सबै फोटोहरु आइफोनले खिचेको(क्रमको सातौं बाहेक) र आइफोनमै इडिट गरेको हुँ ।
तस्वीरमा जीवन र जगत
(दीपक जडितको फोटो ब्लग)
Wednesday, January 23, 2013
Wednesday, February 1, 2012
'ह्वेल वाच टुर'का केहि तस्वीरहरु
शिर्षकले नै बताउँछ त्यसो त यस फोटो ब्लगमा के हुनेछ भनेर फेरिपनि यस पोष्टको बारेमा आफ्नो केहिकुरा
गएको सोमबार हवाईमा हिउँद मनाउन अलास्का देखि ३००० माईलको दुरी पार गरेर आउने ह्वेल माछा हेर्न जाने सल्लाह भएको थियो र एकजना साथीलाई ह्वेल वाच टुरको टिकट लिन भनेको थिएँ । साथीले टिकट लिएर बिहान ७ बजे लाहैना हार्बरमा हाजिर हुनुपर्ने जानकारी गरायो । म बसेको ठाउँबाट ४५ मिनटको ड्राईभमा पर्ने लाहैना पुगेँ समय नबिताई । जब हामी टुर क्रुजमा प्रवेश गर्न तयार भयौं तब थाहा लाग्यो कि हामी त ह्वेल वाच टुरमा नभएर स्नुर्कल टुरमा पो जान लागेका रहेछौं । टिकट फिर्ता गरेर पैसा लिने समय पनि थिएन र हामी स्नुर्कल गर्न तयार/ईच्छित पनि थिएनौं । फसादमा परिसकेका भएपनि पैसा सुलाउन त पर्ने नै भयो ।
पस्यौं क्रुजमा । लगभग ६ घन्टा समयको क्रुजमा आधा समय त स्नुर्कल गर्नेको लागी मात्रै हुने रहेछ । हामी स्नुर्कल नगर्नेलाई राम्रै पट्यार लाग्यो त्यो समय भरी । फेरि पनि आउँदा जाँदा बाटोमा व्हेल या डल्फिनहरु देखिए भने हेर्नलाई मौका चाहिँ मिल्ने रहेछ । टुरको नमज्जा माझ पनि जाँदा आउँदा देखिएका व्हेल र डल्फिनका केहि तस्वीरहरु खिचेको थिएँ मैले र तिनै तस्वीरहरु यहाँ राख्दैछु । खास गरेर ह्वेल वाचकै लागी फेरि कुनैदिन जानुपर्ने धोको राखेर यस टुरमा भने ह्वेलका पुच्छर सम्म खिचेको छु ।

Thursday, October 13, 2011
महादेवको विराट मुर्ती
Subscribe to:
Posts (Atom)