Thursday, December 16, 2010

फूलहरु मुस्कुराएको बेला

सायदै कसैलाई सोध्नु पर्ला कि 'ए तिमीलाई फूल मनपर्छ?' भनेर ।

निसंदेह फूल सबैलाई मनपर्छ तर पनि हामीलाई यो चैं फूल उस्तो मन पर्दैन अथवा यो भन्दा त्यो फूल चैं बड्ता मनपर्छ भन्ने कहिंकतै लागेको हुन्छ । त्यसैले त कतिपय अवस्थामा कविहरु फूलमा पनि रेट्ने धार देख्ने गर्छन् र फूलको धारले रेटेको कुरा गर्छन् । मलाई भने वनस्पती फूलेको र मानिस मुस्कुराएको उस्तै प्रिय लाग्छ । यहाँसम्म कि आम मानिसहरुले फूलको दर्जामै नराखेर 'बुङ्गो' नाम दिइएको केराको फूललाई पनि मैले अन्य फूलहरुसँग मिसाएर राखेको छु । तपाईंलाई केराको 'बुङ्गो' फूलहरु भित्र पर्छ जस्तो लाग्छ कि लाग्दैन भन्नुहोस् है ?

यसपटकको ब्लगमा भएका यि सबै फूलहरु सिक्किमको दराम्दिन र नाम्चीमा झण्डै एक वर्ष अगाडी पुग्दा खिचेको हुँ ।























2 comments:

Luna said...

very nice photo !
phool le maan laai shanti dincha .
keep it up .

Unknown said...

Thank You Dear Luna Jee.