Monday, July 11, 2011

Haleakala Crater का तस्वीरहरु

त्यसो त हवाईको मावि टापूमा रहेको यो हालेयाकाला नेशनल पार्क घुम्न म यसभन्दा अघि २००८ को मार्चतिर पनि आएको थिएँ । आएको मात्र हैन यो नेशनल पार्कको तस्वीरहरु खिचेर यहि ब्लगमा राखेको पनि रहेछु । त्यो पोष्ट यहाँ हेर्न सकिन्छ

यसपटक फेरि चढेँ हालेयाकाला पर्वतको उकालो र खिचेँ क्रेटर लगायतका निक्कै तस्वीरहरु र ब्लगमा पुन बाड्न राखेको छु । हवाईयन भाषामा नाम राखिएको यो पर्वत हालेयाकालाको अर्थ 'सूर्यको घर' / 'House of the Sun' हुनेरहेछ । यहाँका स्थानियहरुको किंबदन्ति अनुशार demigod Maui भन्ने कुनै पौराणिक(यिनिहरुको पुराण थिएन पक्कै मैले यसै पौराणिक भनिदिएको है!) पात्रले दिन लम्ब्याउनको निम्ती सूर्यलाई बन्धक बनाएका थिए रे यो पर्वतको टुप्पोमा जहाँ ज्वालामुखिको मुख रहेको छ ।

त हेर्नुहोस् पुन एकपटक Haleakala Crater लगायतका तस्वीरहरु-