Tuesday, July 19, 2011

कानापालीको सूर्यास्त र थप केहि तस्वीरहरु

सुरुवात यहि हवाईको State Flower मानिने चुवा फूलबाट: यो फोटो मैले आफ्नै अर्को ब्लगमा राखिसकेको छु त्यसो त :-
केहि अघि नै हो यो समय कि म Maui Island को Lahaina मा रहेको ठुलो बरको रुख हेर्न पुगेको थिएँ । त्यसदिन चराहरुसंग खिचेका र केहि पानी(समुद्र)मा खिचेका तस्वीरहरु अघिल्ला पोष्टहरुमै राखिसकेको छु । त्यसैदिन खिचेका थप तस्वीरहरुले आज अर्को एउटा पोष्ट बनाउँदैछु -
Lahaina मा थप केहि तस्वीरहरु-
त्यसदिन Lahaina भन्दा अझै अगाडि पर्ने Kanapali भन्ने ठाउँसम्म पुगेको थिएँ । अगाडी कानापालीमा खिचेका तस्वीरहरु-

बाटो काट्छ कि भन्दा नकाटि बसेको भलाद्मी बिरालो, कि अल्छे हो कि?
चर्को घाममा पनि छालहरुसँग लेन्सबाट जिस्कँदै-
बडा मस्तिले बिन्दास दिनभर -
बाटो अनेक देखाउँदै थियो यो रुखले, अबेर भैसके पनि सूर्यास्त हेर्न म लालायित थिएं...
त्यो साँझ कानापालीको समुद्री किनाराबाट देखिएको सूर्यास्तको मनोरम पलहरु-
र अन्त्यमा यो तस्वीर मैले मेरो मूल ब्लगमा राखिसकेको भएपनि -

5 comments:

Anonymous said...

अहा! त्यो दिन म पनि त थिएँ तर कतिबेला यस्तो राम्रो राम्रो फोटो खिच्नु भयो ? मैले त थाहै पाएनछु ।

- शर्मी ....

Bishnu Marasini said...

यो कुन देशमा पर्ने रहेछ म त नेपालकै कालापानी भनेर झन्डै झुक्किएको ?

Unknown said...

विष्णुजी, यो हवाईयन टापू मध्येको एक टापूमा पर्छ ।

bhim ghimire said...

सूर्यास्तका तस्बिरहरू धेरै राम्रो छ ।

Anonymous said...

dherai ramro chha deepak jeu,prakriti ra saundarya tapaiko tasveer haru ma vetinchha