Monday, November 29, 2010

अमेरिकी सेनाको हवाई प्रदर्शनी

झण्डै चार महिना अगाडी अलास्काको एल्मेन्डोर्फ क्याम्पमा अमेरिकी सेनाको हवाई प्रदर्शनी हेर्न पुगेको बेला केहि तस्विरहरु खिचेको थिएं । त्यसबेलै फोटो ब्लग मार्फत ई तस्विरहरु बाँड्ने विचार पनि गरेको थिएँ तर विचार आजसम्म विचाराधिन मात्रै रहन गएको थियो । चार महिना पछि बल्ल आज भने विचारले मुर्त रुप लियो र ई तस्विरहरु ब्लगमा ठेल्दैछु-

अत्याधिक खर्चिलो मानिएको लडाकु विमान F-22, झण्डै २५० मिलियन डलर खर्च गर्दा एक पिस बन्ने रहेछ यो विमान

बडेमानको कार्गो विमान C-17 । त्यसबेला हवाई प्रदर्शनीको अभ्यास गर्दा यस्तै C17 नामको डरलाग्दो कार्गो विमान दुर्घटना भएर चारजना सेनाहरु मरेका थिए



प्रदर्शनीमा राखिएका अन्य विमानहरु





युद्ध अभ्यासको प्रदर्शन


प्रदर्शनीमा बम वर्षा


एकल हवाई कला देखाउन तयार हुँदै एक पाईलट

सेनाको हवाई कला हेर्दै दर्शकहरु

हवाई प्रदर्शनी/कलाका केहि तस्विरहरु








र अन्त्यमा ड्युटीमा गफिंदै एकजोडी


ई मध्ये केहि तस्विरहरु मैले ईकान्तिपुरलाई पठाएको थिएं तर सायद जस्कोतस्को तस्विर उनिहरु राख्दैनन् होला, राखिएन ।

Monday, November 22, 2010

धेरै पछि केहि तस्वीरहरु

लामो समय देखि ब्लगमा कुनै गतिविधी नगरी बसिरहेको मलाई अझै पनि आफ्नो मूल ब्लगमा केहि लेख्ने खुराक नै नभेटेको झैं भैरहेछ । आज यता फोटो ब्लगमा भने केहि फोटोहरु राख्ने ईच्छा भएर आयो । तसर्थ बिभिन्न समयमा खिचेका केहि फोटोहरु लिएर आएको छु । ब्लग जगतको मोहबाट टाढा भैसकेको छैन भन्ने प्रमाण हो कि त यो ?