आउने सबै कुराहरु जान्छन् - यो सत्य हो । दशैं आयो भन्दैथिए सबै म दशैं गयो भन्थें नभन्दै गयो दशैं । त्यस्तै यो पतझड सिजन यतिखेर बनपाखा सबै पँहेलपुर बनाएर आएको छ तर अलास्कामा ज्यादै अल्प आयू लिएर आउने पतझड अर्को हप्ता सम्ममा लगभग जानेछ । अत दशैं उत्सव मनाईसकेर उब्रिएको समय केहि रमाईला तस्विरहरु खिच्न भनेर म निस्किएँ camera बोकेर -
पतझड मौसमलाई रोक्न सकिन्न तर तस्विरमा कैद गरेर राख्न यो तस्विरबाट सुरु गरें । छैन त सुन्दर ?
लाग्यो म स्वर्गको एक टुक्रामा उभिएको छु
कास ! यो सुन्दरतालाई सँधैको निम्ती जोगाईराख्न सके
आफ्नै धूनमा मस्त म तस्विर खिच्दै गर्दा साथीले मेरो पनि खिचेछ लौ
आफैं बोलुन क्रमश यो ३ वटा तस्विरहरु -
सूर्य लुक्दै छन् पारी डाँडामा । अब दर्शन पाउन नै मुश्किल हुन्छ सूर्य नारायणको
यो अर्को यौटा आफुलाई मन परेको तस्विर
अनौठो कल्पना खेल्ने कोठा : बादलको सिलिङ हालेको आकाशको छानो र चारैतिर पहाडको भित्ता
पत्थरमा पनि सौंदर्यको कमि कहाँ हुन्छ र?
यो पहाडको फेदैफेद छ सिवर्ड हाई वे
यो तस्विर खिचेर हेर्दा यौटा सुन्दर कविता लेख्दा जत्तिकै आनन्द लाग्यो भनेर फेसबूकमा हल्ला गरिसकेको छु ।
जाँदैछ पतझड आउँदैछ हिउँ ।
र अन्त्यमा यो ताजा हिउँ एकदुई दिन अघि मात्र परेको । अब Summer र अल्पायूको पतझड सिजन गएपछि यहि हिउँले राज गर्नेछ अलास्कामा । रुखबिरुवा , खोलानाला , बाटोघाटो , जँगल पर्वत मात्र हैन समुद्रलाई समेत हिममय बनाईदिनेछ ।
Tuesday, September 29, 2009
Friday, September 25, 2009
शुभकामना !
Friday, September 11, 2009
ह्याचर पासमा कविता खोज्दा
गत जुलाई १२ मा रहेछ Hatcher Pass घुम्न गएको , घुम्न के हिंड्न भनुँ न । Hatcher Pass अलास्काको यौटा रमणीय ठाउँ मानिन्छ । यहाँको रमणीयता हेर्न साथै Gold Mining हेर्न आउने गर्छन् प्रसस्तै मान्छेहरु ।
त्यो पारीपट्टी देखिएका स-साना झुप्रे घरमा सुन केलाउने काम गरिन्छ । प्रसोधन पनि हुन्छ कि त्यो चैं हेर्न नगै भन्न सकिन्न -
तर आफु भने सुन चाँदी र ढुङ्गा माटो उस्तै देख्ने मान्छे परियो त्यसैले 'Gold Mining पछि हेरौला आज यो रमाईलो दिनमा भने पाखा पखेराको मजा लुटौं ,कतै कविता भेटीहालिन्छ कि ?' भन्ने टुङ्गो गरियो र लागियो भीर पाखातिर । साथमा थिए भाइहरु हर्क(सेतो शर्ट) र सुदेश(कालो ज्याकेट) -
हो मलाई यो हिमनदीको पानी जस्तै कञ्चन कविता चाहिएको छ -
म साँच्चै कविता खोज्ने धूनमै थिएँ त त्यसदिन ? 'कतै यो ढुङ्गाको चेपमा त छैन कविता ?'-
कि यो मखमली गलैंचा बिच्छ्याए जस्तो भुईंमा छ हँ कविता ? -
मैलेमात्र हैन साथै गएका भाइहरुले पनि कुनाकानी खोज्न सघाए कविता -
के मात्र गरिएन ? दिउँसै आगो बालेर पनि खोजियो कविता -
आफु खाली खुट्टा कविता खोज्न गा'बेला चप्पल आनन्द सुतेछ यो फूल बिच्छ्याएको गलैंचा जस्तो भुईँमा -
कसैगरे कविता नभेटे'सी मुख धोएर ज्ञान लिन मन लाग्यो -
'म त जान्न हौ आज घर पनि , यतै बस्छु' भनेझैं छ सुदेश भाइ -
कविता खोज्दा 'पहाड खनेर मुसो निक्लियो' भन्ने हिन्दीको उखानझैं यौटा मुसो पनि निस्किएको थियो -
बरु त यि दुई बनफूलहरुले पो सुनाए कविता यसरी -
दश मुजा पारेर अनुहारमा
कविता खोज्ने ए मान्छे तिमी
भन्लाउ म कविताकै खोजीमा बाँचेको छु ।
ल हेर यहाँ बरु मलाई
पछिल्तिर भयानक मृत्युगुफा राखेर
खित्खिताईकन म भीर पखेरा हाँसेको छु ।।
कविता खोज्ने ए मान्छे तिमी
भन्लाउ म कविताकै खोजीमा बाँचेको छु ।
ल हेर यहाँ बरु मलाई
पछिल्तिर भयानक मृत्युगुफा राखेर
खित्खिताईकन म भीर पखेरा हाँसेको छु ।।
Subscribe to:
Posts (Atom)