Friday, September 11, 2009

ह्याचर पासमा कविता खोज्दा


गत जुलाई १२ मा रहेछ Hatcher Pass घुम्न गएको , घुम्न के हिंड्न भनुँ न । Hatcher Pass अलास्काको यौटा रमणीय ठाउँ मानिन्छ । यहाँको रमणीयता हेर्न साथै Gold Mining हेर्न आउने गर्छन् प्रसस्तै मान्छेहरु ।

त्यो पारीपट्टी देखिएका स-साना झुप्रे घरमा सुन केलाउने काम गरिन्छ । प्रसोधन पनि हुन्छ कि त्यो चैं हेर्न नगै भन्न सकिन्न -

तर आफु भने सुन चाँदी र ढुङ्गा माटो उस्तै देख्ने मान्छे परियो त्यसैले 'Gold Mining पछि हेरौला आज यो रमाईलो दिनमा भने पाखा पखेराको मजा लुटौं ,कतै कविता भेटीहालिन्छ कि ?' भन्ने टुङ्गो गरियो र लागियो भीर पाखातिर । साथमा थिए भाइहरु हर्क(सेतो शर्ट) र सुदेश(कालो ज्याकेट) -

हो मलाई यो हिमनदीको पानी जस्तै कञ्चन कविता चाहिएको छ -

म साँच्चै कविता खोज्ने धूनमै थिएँ त त्यसदिन ? 'कतै यो ढुङ्गाको चेपमा त छैन कविता ?'-

कि यो मखमली गलैंचा बिच्छ्याए जस्तो भुईंमा छ हँ कविता ? -

मैलेमात्र हैन साथै गएका भाइहरुले पनि कुनाकानी खोज्न सघाए कविता -

के मात्र गरिएन ? दिउँसै आगो बालेर पनि खोजियो कविता -

आफु खाली खुट्टा कविता खोज्न गा'बेला चप्पल आनन्द सुतेछ यो फूल बिच्छ्याएको गलैंचा जस्तो भुईँमा -

कसैगरे कविता नभेटे'सी मुख धोएर ज्ञान लिन मन लाग्यो -

'म त जान्न हौ आज घर पनि , यतै बस्छु' भनेझैं छ सुदेश भाइ -

कविता खोज्दा 'पहाड खनेर मुसो निक्लियो' भन्ने हिन्दीको उखानझैं यौटा मुसो पनि निस्किएको थियो -

बरु त यि दुई बनफूलहरुले पो सुनाए कविता यसरी -

दश मुजा पारेर अनुहारमा
कविता खोज्ने ए मान्छे तिमी

भन्लाउ म कविताकै खोजीमा बाँचेको छु ।
ल हेर यहाँ बरु मलाई

पछिल्तिर भयानक मृत्युगुफा राखेर

खित्खिताईकन
भीर पखेरा हाँसेको छु ।

3 comments:

Dilip Acharya said...

कविता भेट्नु भयो कि भएन थाहा भएन, तर तस्विरहरु प्रकृतिका खुल्ला काव्यमा अनुबाद भएका छन । मैले लेख्‍न नसकेपनि लाग्दैछ त्यहाँ कविता पक्कै छ वा हुनुपर्छ ।

Krishna said...

Great poems, Daju Tika Bhandari referred me to your blog, seems you are a passionate poet. Keep up your good work Deepak, & Happy Dasain.

Unknown said...

हो दिलीपजी त्याहाँ पाखापखेरा भरी कविता लेखिएका थिए पक्कै - मैले टिप्न नसकेको हो ।

Krishna जी , तपाईंलाई स्वागत छ मेरो ब्लगमा साथै हार्दिक धन्यवाद । टिकादाइलाई मेरो नमस्कार भनिदिनुहोस् भेट हुन्छ भने ।