Sunday, April 19, 2009

हिमाल खोज्दै डेनाली पुग्दा

डेनाली नेशनल पार्क - अलास्कामा समरको बेला घुम्ने यौटा गतिलो ठाउँ , जहाँ मान्छेहरु नर्थ अमेरिका कन्टिनेन्टकै सबैभन्दा अग्लो हिमाल Mt. McKinley हेर्न जाने गर्छन् । यसको उचाई ६१९४ मिटर (२०३२० फीट) रहेको छ । यतिबेला त्यो नेशनल पार्क खुल्ने बेला भैसकेको छैन तथापि मान्छेहरु त्यता घुम्न जाने भने गर्छन् त्यसैले मैले पनि जहाँसम्म बाटो बन्द छैन त्याँहासम्म जाने सल्लाह गरेको थिएँ यौटा साथीसँग त्यसैले बिहानै उठेर लागियो डेनालीतिर । आफ्नो ध्यान भने Mt. McKinley कै फोटो खिच्ने थियो तर McKinley भएकै ठाउँमा डम्म तुँवालो लागेको भएर दर्शन धरी पाईएन । यहि त हो त्यो दर्शन सम्म नपाएको हिमाल । अहिलेलाई गुगलमा खोजेरै भएपनि राखेको छु यस्को फोटो । पखोस् न यस्लाई अलिपछि गएर दिक्क लाग्ने गरेर फोटो खिचिदिन्छु ।
यो चैं म है जाँदा बाटोमा आफ्नो पनि यौटा खिचाएको नि ।
म्याकिन्लेको दर्शन नपाए पनि अरु 'छ्या!! किन्ले' हरुको भने खिचेँ फोटो । अबका फोटोहरु चैं सबै मैले खिचेको है । ( त्यसैले नराम्रो आएछ रे ?)














हिमाली चरो (नाम चैं Plarmigan भन्दारछन् ) ।




नदी ( बल्ल हिउँ मुन्तिर देखिंन थालेछ ) ।



बादल



एस्किमो ( अलास्काका आदिवासी ) हरुको बस्ने हिउँको घर , यस्लाई Igloo भन्दारा'न् अनि यो चैं संसारकै सबैभन्दा ठुलो Igloo रे !



3 comments:

Basanta said...

धन्यबाद दीपकजी! 'छ्या!'किन्लेहरु पनि सबै साह्रै सुन्दर छन्, 'छ्या!' भन्दा तीनमाथि अन्याय हुन्छ:)

दूर्जेय चेतना said...

साह्रै राम्रो तस्बिरहरु दिपक जि। मन नै आनन्द भयो फोटो हेर्दा। बरु Igloo को बारेमा कुनै दिन समय मिलेमा अझ बढी लेख्नु होला है। जान्न मन लाग्यो। हुन त केही कुराहरु पढेको छु त्यस्को बारेमा तर त्यही गएर अनुभब र अबलोकन गर्दाको कुरा बाड्नु होलान.

Unknown said...

धन्यवाद वसन्तजी र दुर्जेयजी !
वसन्तजी मैले अरु हिमाललाई हेपेर भनेको होईन है प्रेमले नै भनेको हुँ ( गलत अर्थ भएछ ) । दुर्जेयजी Igloo को बारेमा पछि थप थाहा पाएँ भने लेख्छु नि ।