Thursday, April 30, 2009
यताउताका तस्विरहरु
दिनदिनै दिन लम्बिईरहेको छ । केहिदिन अघिसम्म ७ बज्दा रात भैसक्ने दिन यतिबेला १० बज्दा भर्खर सूर्य अस्ताउने तरखरमा हुन्छ । यो क्रम यो समर(ग्रिष्म काल)भरी नै चल्दै जान्छ र राती नै हुन छोड्छ (?)। दिन लम्बिएको फाईदा भने रात अबेर फुर्सद पाउँदा पनि सूर्यास्त हेर्न भ्याईने रहेछ । आज मैले पनि केहि सूर्यास्तका तस्विर खिच्न भ्याएँ । साथमा बाटोमा परेको एँकरेज ईन्टरनेशनल एयरपोर्टमा खर्किएका केहि प्लेनको र एँकरेज डाउनटाउनको पनि तस्विरहरु छन् । 












Sunday, April 19, 2009
हिमाल खोज्दै डेनाली पुग्दा
डेनाली नेशनल पार्क - अलास्कामा समरको बेला घुम्ने यौटा गतिलो ठाउँ , जहाँ मान्छेहरु नर्थ अमेरिका कन्टिनेन्टकै सबैभन्दा अग्लो हिमाल Mt. McKinley हेर्न जाने गर्छन् । यसको उचाई ६१९४ मिटर (२०३२० फीट) रहेको छ । यतिबेला त्यो नेशनल पार्क खुल्ने बेला भैसकेको छैन तथापि मान्छेहरु त्यता घुम्न जाने भने गर्छन् त्यसैले मैले पनि जहाँसम्म बाटो बन्द छैन त्याँहासम्म जाने सल्लाह गरेको थिएँ यौटा साथीसँग त्यसैले बिहानै उठेर लागियो डेनालीतिर । आफ्नो ध्यान भने Mt. McKinley कै फोटो खिच्ने थियो तर McKinley भएकै ठाउँमा डम्म तुँवालो लागेको भएर दर्शन धरी पाईएन । यहि त हो त्यो दर्शन सम्म नपाएको हिमाल । अहिलेलाई गुगलमा खोजेरै भएपनि राखेको छु यस्को फोटो । पखोस् न यस्लाई अलिपछि गएर दिक्क लाग्ने गरेर फोटो खिचिदिन्छु ।
यो चैं म है जाँदा बाटोमा आफ्नो पनि यौटा खिचाएको नि ।

Subscribe to:
Posts (Atom)