Tuesday, October 30, 2007

फोटोग्राफीमा मेरो नयाँ पाईला ।

सुन्दर तस्विरहरु कस्लाई मन पर्दैन र ? यौटा सुन्दर तस्वीरले यौटा सुन्दर कविताले झैं तस्विरभित्र कैद भएको वस्तुको बयान गरिरहेको हुन्छ । तस्विर आफैं बोल्छ भन्ने त उक्ती नै छ । मलाई पनि फोटोग्राफीमा रुचि छ तर मैले फोटोग्राफी सम्बन्धी कुनै प्रशिक्षण लिएको छैन तसर्थ मलाई राम्रो तस्विर कसरी खिच्ने भन्ने ज्ञान पटक्कै छैन । मैले केहि अगाडीनै मेरो फोटो ब्लग मार्फत तस्विरहरु राख्ने गरेको छु र अब अगाडी यस्लाई अझै तिब्रता दिंदै तस्विरहरु राख्ने छु । मैले केहि अगाडी मात्र थ्रिफ्ट स्टोरमा यौटा एण्टिक क्यामरा किनेको थिएं किन्दा मलाई त्यो क्यामरा चल्ला नचल्ला भन्ने सम्म ज्ञान नभए पनि पछि फोटोग्राफीमा राम्रो दखल राख्नुहुने कर्मा टी भोटिया दाईसंग भेट भेटेर उक्त क्यामरा कसरी चलाउने ? चल्छ कि चल्दैन भनेर सोधखोज गरें । वहाँले मलाई उक्त क्यामरा चलाउन सिकाईदिनु भयो र अब म उक्त क्यामराले राम्रो राम्रो तस्विर खिचेर यो ब्लगमा राख्दै जानेछु । अहिलेलाई हेर्नुहोस मसंग भएको उक्त एण्टिक क्यामरा र अन्य मैले प्रयोग गर्दै आएका क्यामराहरु ।

























1 comment:

Arati said...

welcome to the world of photography
you have a very nice camera. congrats
i liked ur photographs of nature .it's really very beautiful.
do u know what photography means ?it is the combination of two words photo and graph . photo means light and graph is sketch.so give importance to light.
Best of luck